शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

टमाटर खेतीबाट एकै सिजनमा छ लाख आम्दानी

टमाटर खेतीबाट एकै सिजनमा छ लाख आम्दानी


  • हरिकृष्ण गौतम
  • साउन १३ २०८०, शनिबार
म्याग्दीको मंगला गाउँपालिका–१, खानीगाउँका यामबहादुर बुढाथोकी । 

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–१, खानीगाउँका यामबहादुर बुढाथोकीको आफ्नो कृषि फर्मबाट सिजनमा ७० क्विन्टलसम्म टमाटर उत्पादन गर्छन् ।झण्डै दुईदशक खाडीमुलुकमा विताएर घर फर्किएका बुढाथोकीले टमाटरबाट सिजनमा ६ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । ३ वटा आधुनिक ग्रिन हाउस, १२ वटा बासको टनेलमा टमाटर खेती गरेका बुढाथोकीले उत्पादन गरेको टमाटर प्रतिकिलो ८० रुपैयाँ थोक मूल्यमा बिक्री हुन्छ ।

टनेलभित्र लटरम्म फलेको टमाटर दैनिक सवारीसाधनमा बेनीबजारमा पठाउने गरेका बुढाथोकीले आधुनिक ग्रिन हाउसले उत्पादन दोब्बर भएको बताए ।‘उत्पादित टमाटरको बजार अभाव छैन, प्राङ्गारिक मलको प्रयास गरिएकाले टमाटरको माग अत्याधिक छ’ बुढाथोकीले भने ।उनले ग्रिन हाउसभित्रको टमाटर स्वादिलो र ग्राहकको रोजाईमा पर्न थालेको बताए ।टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख,गोडमेलमा समेत सहज हुने र ब्यापारीले समेत घरदैलोमा पुगेर खरिद गर्ने र नियमित अर्डर दिने गरेको बताए ।

प्लाष्टिकको टनेलभित्र उत्पादन गरेको बेमौसमी गोलभेँडाको बजारमा प्रति केजी ९० रुपैयाँसम्म बिक्री गर्न सकिने भएकाले यसबर्ष करिब ७ लाख आम्दानी हुने कृषक बुढाथोकीले बताए । कृषि र पशुपालनमा फड्को मारेको खानी गाउँमा टलक्कै टल्किएका टनेल (प्लाष्टिकका घर) मा कृषकले गोलभेँडा, काँक्रो, करेला, लौका, अकबरे खुर्सानी र हरियो सागपात लगाउने गरेका छन् ।

यसपटक टमाटरको माग अत्याधिक रहेकाले गाउँमा रहेका अधिकांश टनेलमा गोलभेँडा फलिरहेको स्थानीय कृषक राजन राम्जालीले बताए । सिजनमा खानीगाउँबाट करिब ९ देखि १२ लाखसम्मको टमाटर बिक्री हुने गरेको छ ।

‘प्लाष्टिकको टनेलभित्र टनेलभित्र गरेको तरकारी खेतीबाट कृषकहरूले राम्रै आम्दानी गरेका छौ,‘कृषकको बारीमा टनेल थपिदै गरेको छ’ कृषक राजन राम्जालीले बताए । खानीगाउँमा कृषि ज्ञान केन्द्रले ग्रिन हाउसमा ५० प्रतिशत अनुदान दिएको छ । खानीगाउँमा रिकेश पाईजा, गिता बानियाँ, ज्ञानु बुढाथोकी लगायतले आधुनिक र बासको संरचना बनाएर टमाटर फलाइरहेका छन् । कुहुँमा बस्तीमुनीको अध्याँरो जस्तै रहेको खानीगाउँ तरकारी खेतीसँगै बाख्रापालनतर्फ आर्कषित भएको छ । गाउँका गाउँका १७ जना कृषकले ब्यवसायीक बाख्रापालन सुरू गरेका छन् । मंगला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->