बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आयल निगमका गण्डकी प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी

आयल निगमका गण्डकी प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८०, शनिबार

पोखरा / इन्धन चोरी गरेको फेला परेपछि नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी गरी बिक्रीका लागि पठाएको फेला परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनीविरुद्द पक्राउ पुर्जी जारी गरेको हो ।

दासले शुक्रबार दिउँसो पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ग २ ख ८३६ नम्बरको ट्यांकरमा डिजेल चोरी गरी बिक्रीका लागि पठाएको सूचनाका आधारमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको आदेशमा प्रहरीले पक्राउ पुर्जी गरेको थियो ।

डाँडाकोनाक प्रहरीचौकीमा नापजाँचका क्रममा १२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा १५ हजार लिटर डिजल लोड गरिएको फेला परेको प्रहरीले जनाएको छ । पेट्रोल पम्पले किनेको भन्दा ३ हजार लिटर थप चोरीको डिजेल रहेकोले दासलाई पक्राउ पुर्जी जारी भएको हो । ट्यांकरमा क्षमता भन्दा धेरै इन्धन लोड गर्नु जोखिम समेत हो ।

दासमाथि डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप छ । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो वर्षभन्दा दोब्बर नोक्सानी व्यहोरेको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ । डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई नदिइ दासले आफैं गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->