बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आयल निगम क्षेत्रीय डिपो पोखरा प्रमुखको यस्तो ठगी धन्दा !

आयल निगम क्षेत्रीय डिपो पोखरा प्रमुखको यस्तो ठगी धन्दा !

बिल र भौचरमा फरक फरक परिणाम


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८०, शनिबार

नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चित्राजन दासको मिलेमतोमा उक्त कार्य भएको स्रोतको दाबी छ । उनकै सेटिङमा धेरैपटक यसरी बढी परिमाण ल्याउँदै बेच्दै गर्दा व्यवसायीसमेत मर्कामा परेको स्रोत बताउँछ ।

पोखरा/ कास्की प्रशासनले नेपाल आयल निगमको एक ट्यांकरलाई नियन्त्रणमा लिएको छ । प्रशासनको नेतृत्वमा प्रहरीको टोलीले तनहुँ तर्फबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर र चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रशासनले ट्यांकरमा ल्याएको पेट्रोलियम पदार्थको परिणाम बिलमा एउटा र बिल भौचरमा अर्को भएको भेटाएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकार गुरुदत्त ढकालले सक्कली बिलमा फरक परिमाण देखेको बताए ।

‘हामीले कागजात नियन्त्रणमा लिइसकेका छौं । सक्कल कागज र प्रहरीले पनि बरामदी र आफ्नो खानतलासीको मुचुल्का पठाइसकेको छ’ उनले भने, ‘पेट्रोलिय पदार्थको परिमाण मापन गर्दा बिलमा १२ हजार लिटर काटिएको र बिल भौचरमा १५ हजार चढाइयो ।’

उनका अनुसार, ३ हजार लिटर बढी देखिएको हो । सो विषयमा अनुसन्धान भइरहेको छ । नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चित्राजन दासको मिलेमतोमा उक्त कार्य भएको स्रोतको दाबी छ । उनकै सेटिङमा धेरैपटक यसरी बढी परिमाण ल्याउँदै बेच्दै गर्दा व्यवसायीसमेत मर्कामा परेको स्रोत बताउँछ ।

उक्त ट्यांकर व्यवसायी बाबुराम जम्मरकट्टेलको हो । नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो पोखराबाट व्यापारी जम्मरकट्टेलको पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्प संचालन गर्दै आइरहेका छन् । इन्धन चोरी गरेको फेला भन्दै प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी गरी बिक्रीका लागि पठाएको फेला परेपछि कास्की प्रहरीले उनीविरुद्व पक्राउ पुर्जी जारी गरेको हो ।

दासले बिहिबार दिउँसो पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ट्यांकरमा डिजेल चोरी गरी बिक्रीका लागि पठाएको सूचनाका आधारमा अनुगमन गरेको थियो । डाँडाकोनाक प्रहरी चौकीमा दासमाथि डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप व्यापक छ ।

दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा गत वर्षभन्दा दोब्बर नोक्सानी भएको निगमको केन्द्रीय प्रतिवेदनमा उल्लेख गरिएको छ । यतिमात्र होइन डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफैं गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->