बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कम्पनी रजिष्टार, ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय पोखरामा स्थापनाको माग

कम्पनी रजिष्टार, ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय पोखरामा स्थापनाको माग


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८०, आइतबार

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्टार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय कार्यालय स्थापनाको माग गरेको छ ।

संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका उद्योग,पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ती माग राखेको हो । अध्यक्ष प्रजापतिले यी कार्यालय पोखरामा नहुँदा करदाताले ठूलो सास्ती व्यहोर्न परेको बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निजी क्षेत्रको माग संवोधनको लागि सरकारले पहल गर्ने बताए । अध्यक्ष प्रजापति, वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य तथा कोषाध्यक्ष दीनेश बास्तोलासहितको प्रतिनिधिमण्डलले ज्ञापनपत्रमार्फत् गण्डकी सरकारको बजेट वक्तव्यमा उल्लेखित औद्योगिक क्षेत्र निर्माणको लागि तत्काल पहलकदमी लिन,प्रदेशका लाइफ लाइन मानिएका राजमार्गको स्तरोन्नतिलाई गति दिन,पोखरा अन्तर्राष्टिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल एवं पोखराको प्रचारमा जुटन,वन पैदावारको उचित उपयोगको नीति तत्काल तय गर्न,नयाँ पदयात्रा मार्ग निर्माण तथा पर्यटकीय गन्तव्यको विकासमा यथोचित ध्यान दिन पनि माग गरेको छ । ज्ञापनपत्रमा अर्थतन्त्र सही दिशामा नहिँडेको जिकिर गर्दै असहाय र किंकर्तव्यविमुढको अवस्थाबाट गुज्रिरहेको निजी क्षेत्रलाई उत्साह दिन माग पनि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->