बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सञ्चालनमा आयो लहरेपिपलको भिरलाखुरी भ्यू प्वाइन्ट

सञ्चालनमा आयो लहरेपिपलको भिरलाखुरी भ्यू प्वाइन्ट


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८०, आइतबार

बागलुङ/ बागलुङ बजारसहित हिमाली श्रृंखला देख्न सकिने पर्यटकीय लहरेपिपलको भीर्लाखुरी भ्यु प्वाइन्ट उद्घाटन गरिएको छ । बागलुङ नगरपालिकासहित वडा नं. ६ र स्थानीयको लगानी समेतमा बनाइएको भ्यू प्वाइन्ट वडा नं. ६ का अध्यक्ष रुद्रबहादुर केसीले उद्घाटन गरे । शनिबार बिहान सदरमुकामबाट गएको हाइकिङ टोलीको स्वागतपछि भ्यु प्वाइन्ट उद्घाटन गरिएको हो ।

यहाँबाट सदरमुकाम बागलुङ बजारसहित बागलुङका ९ वटा वडा, कालीगण्डकी नदी, नदी माथीको लामो झोलुंगेपुल, कुश्मा बजार, बनौ, धौलागिरि हिमालसहित हिमाली श्रृंखला समेत देख्न सकिन्छ । कोरोना कालमा युवाहरुले यो स्थानमा पुगेर भ्यु प्वाइन्ट बनाउन सकिने संभावना देखेपछि पर्यटकीय पूर्वाधार समेत बनेका छन् ।

विश्व राष्ट्रिय गान यात्री रामजी नेपालीले पहिलो पटक यो स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रस्ताव राखेका थिए । यहाँ तत्काल भीरतर्फ रेलिङ बनाइएको छ । बागलुङ बजारलाई बितरण गर्ने लिफ्ट पानीको ट्यांकी निर्माण भएको स्थानमा सिंढी मार्ग बनाएर बस्तीमा जोडिएको छ ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष केसीले पर्यटन प्रवद्र्धनका लागि चाहिने अन्य धेरै पूर्वाधारको काम गर्न बाँकी रहेको बताए । नेपालका डाँडामा भ्यु टावर हैन, प्वाइन्ट बनाए पुग्छ भन्ने मान्यताले लगानीको थालनी भएको बताए ।

उनले हरेक दिन युवाहरु आउने क्रम चलेकोले बस्ने सत्तल, खानेपानी र वाइफाइको व्यवस्थापन गर्न सकेमा पर्यटक बढ्न सक्ने उनले बताए । बागलुङ बजारदेखि रात्माटा, भीर्लाखुरी, पञ्चकोटहुँदै संसारकोट जाने पदमार्ग बनाएर नगर भित्रको पर्यटन प्रवद्र्धन गर्ने गुरुयोजना बनेको केसीले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना, विश्व राष्ट्रिय गान यात्री रामजी नेपाली र स्थानीय भीर्लाखुरी आमा समूहकी अध्यक्ष संगीता परियारले बोलेका थिए । कार्यक्रम संगीता परियारको अध्यक्षता र सचिव तथा जनप्रतिनिधि शान्ता परियारले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->