बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ब्रेक शुमा तस्करी गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम

ब्रेक शुमा तस्करी गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८०, सोमबार

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो ।

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक प्याडमा मोरेर ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो  । अब त्यो सुनलाई यिनै निकायका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे गालिने आचार्यले जानकारी दिए ।

साउन ३ गते हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले भन्सार पास भइसकेपछि सिनामंगलबाट पक्राउ गरेको थियो ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक  नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आएका थिए । तर, उनको दाबी विपरीत सुनको तौल झण्डै आधा भएको पाइएको हो । सुरुमा यो प्रकरणमा राजश्वले नै अनुसन्धान गरेपनि पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->