बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाढीले वगाएको कागवेनीमा भेटियो १ करोड ७० लाख रुपैयाँ

बाढीले वगाएको कागवेनीमा भेटियो १ करोड ७० लाख रुपैयाँ


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०८०, आइतबार

मुस्ताङ / बाढीले पुरिएको कागवेनी बस्ती खोतल्दा एक करोड ७० लाख रुपैयाँ फेला परेको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार उद्धारकर्ताले स्काभेटरको सहायतामा पहिरो उत्खनन गर्दा पुरिएको प्रभु बैंक कागवेनी शाखाको ६५ लाखभन्दा बढी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कागवेनी शाखाको एक करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ नगद भेटिएको हो ।

थोरङ्लापास र मुक्तिनाथ क्षेत्रमा परेको अविरल वर्षापछि गत साउन २८ गते साँझ स्थानीय कागखोलामा बाढी आउँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बस्ती पुरिएको थियो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाका अनुसार कागखोलामा आएको बाढीले कागवेनीका २९ वटा घर, ४ नम्बर वडा कार्यालय, इलाका प्रहरी चौकी पूर्ण रुपमा क्षति पुगेको थियो ।

जनशान्ती माध्यामिक विद्यालय भवन, मुक्तिनाथ क्षेत्र शन्त आश्रम धर्मशाला र १३ जना स्थानीयको घरमा आंशिक क्षति पुगेको थियो । त्यस्तै, ९ वटा गोठसहित ३२ वटा गाई, घोडा र खच्चड पुरिएका थिए ।

बाढीको गेग्रान र लेदो बस्तीमा पसेपछि १६ वटा मोटरसाक्षकल, २ वटा जिप, कागवेनीस्थित श्राद्धस्थल, श्रीकृष्ण मन्दिर, जोमसोम-कोरोला सडकको मोटरपुल, तिरी जोड्ने झोपु, ३ वटा काठेपुल र एउटा स्काभेटर पनि पुरिएको थियो ।

बाढीले पुर्‍याएको क्षतिको यकिन तथा विस्तृत विवरण संकलन भइरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ ।

‘बाढीले पुरेको क्षेत्र उत्खनन गर्दा दुईवटा बैंकको नगद फेला परेको छ । बाढीले कति क्षति पुर्‍याएको छ भन्ने यकिन डाटा संकलन भइरहेकोले राहत वितरण प्रभावित भएको छ,’ प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘पालिकाले क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन । घर पूर्ण क्षति भएका २९ जनाको नाम पनि प्राप्त नभएकोले प्रदेश सरकारले प्रति परिवार २५ हजारका दरले पठाएको राहत पनि बुझाउन सकेका छैनौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->