बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘चाडबाडको लागि शुद्ध घ्यू : सफल घ्यू !’

‘चाडबाडको लागि शुद्ध घ्यू : सफल घ्यू !’


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८०, मंगलबार

पोखरा/सुजल डेरीले आफ्नो उत्पाद ‘सफल घ्यू’ लाई नियमित भान्साको नियमित अंग तथा सम्पूर्ण परिवारको सन्तुलित आहार एवं भान्छाको नियमित अंग बनाउन कुनै कसर बाँकी नराखेको जनाएको छ ।

कम्पनीले पछिल्लो समय घ्यू पारखीको पहिलो रोजाइ बनेको घ्यूको मिठासयुक्त स्वादिलो परिकारमार्फत थप परिवारलाई जोड्न ‘मीठो स्वाद जिन्दगीको’ अभियानलाई निरन्तरता पनि दिएको छ ।

घ्यूको मीठो स्वाद, पौष्टिकता र सुगन्धले व्यस्त जीवन बाँचेका परिवारका सम्पूर्ण सदस्यहरुलाई एक ठाउँमा ल्याउने तथा सन्तुलित खाना पस्कन सघाउने विश्वास कम्पनीको रहेको छ । ‘सन्तुलित खाना सबैको आवश्यकता भए पनि परिवारका हरेक सदस्यको फरक–फरक चाहनाका कारण घर–घरका गृहिणीहरूका लागि आफ्नो परिवारलाई पोषण पु¥याउनु चुनौतीपूर्ण बनेको छ,’कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सफल घ्यूको स्वाद र सुगन्धले सबैजसो परिकारमा स्वाद बढाउने हुनाले परिवारका सम्पूर्ण सदस्यले सन्तुलित र पोषणयुक्त परिकारमार्फत् जोडिँदै थप स्वस्थ र स्फूर्त जिन्दगी जिउन सक्नेछन् ।’

सुजल डेरीको उत्पादन ‘सफल घ्यू’ पोखरा, काठमाडौंलगायत देशभरका सबै मुख्य सहरमा पाइने पनि कम्पनीको भनाइ छ । गाईभैँसीको शुद्ध मक्खनलाई खारेर बनाइएको सफल घ्यू खाँदा मीठो हुनाका साथै स्वास्थ्यको लागि फाइदाजनक रहेको कम्पनीको दाबी छ । शुद्ध भएकाले विभिन्न चाडपर्व तथा समारोहमा ढुक्क भएर यसको प्रयोग गर्न सकिने कम्पनीले विश्वास दिलाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->