बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अत्यावश्यक बाहेक बेनी-जोमसोममा यात्रा नगर्न म्याग्दी प्रशासनको आग्रह

अत्यावश्यक बाहेक बेनी-जोमसोममा यात्रा नगर्न म्याग्दी प्रशासनको आग्रह


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८०, शनिबार

म्याग्दी / निरन्त्तरको झरीले बेनी-जोमसोम सडकको विभिन्न खण्डमा पहिरो झरेको र अवरुद्ध रहेकोले ‘अत्यावश्यक’ काममाबाहेक यात्रामा ननिस्कन म्याग्दी प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी यात्रु तथा यातायात व्यवसायीलाई ‘अत्यावश्यक’ काममाबाहेक यात्रामा ननिस्कनआग्रह गरेको हो ।

‘कालीगण्डकी करिडोर बेनी-जोमसोम–कोरोला सडक आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ दाना क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोले यातायात अवरुद्ध भएको, गुइँठेमा कालीगण्डकी प्रसारण लाइनको २२० केभी हाइटेन्सन लाइनको टावर जोखिममा रहेको तथा सोही स्थानमा निरन्तर पहिरो झरिरहेकोले जोखिम मोलेर पहिरो पन्छ्याई यातायात खुलाउन खोज्दा विभागीय लोडरका अपरेटर र चालक घाइते भएको तथा पहिरो पन्छ्याउने काम भइरहे पनि जोखिम रहेकोले मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकोले बेनीदेखी दानासम्म एक साता अत्यावश्यक कामबाहेक यात्रा नगर्न सरोकारवालामा सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

संसारको सर्वाधिक गहिरो गल्छीबाट बग्ने कालीगण्की नदीको किनारैकिनार निर्मित बेनी-जोमसोम-कोरला सडकको बेनी-घाँसा ३८ किलोमिटर खण्ड पहिरोले थिलथिलो परेको छ ।

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम-कोरोला अन्तरदेशीय सडकको बेनी-लेते खण्डमा बर्सेनि मनसुनी बाढीपहिरोले दैनिक यातायात अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ ।

सदरमुकाम बेनीदेखि उत्तर लागेपछि ३ किमिअघि गलेश्वरमा, ९ किमिअघि वैसरी, १४ किमिअगाडि बेगखोला, १६ किमि अगाडि भीरकाटे, १९ किमि नौनीबगर, २३ किमिअघि जलथले, २४ किमिअघि गुइठे, २५ किमि अघि खामभित्ता, ३० किमिमाथि रुप्सेछहरामा, ३२ किमिमाथि काप्रो/बाँदरजुँभीर क्षेत्रमा पहिरोले दैनिक सास्ती दिने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->