बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पृथ्वीराजमार्गका बसको टिकट अब क्यूआरबाटै काटिने

पृथ्वीराजमार्गका बसको टिकट अब क्यूआरबाटै काटिने


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८०, शनिबार

पोखरा / पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले बसमा क्युआर कोड सेवा सुरु गरेको छ। टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्थापन सुरु गरेको हो।

प्राइम कर्मसियल बैंक र पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीसँगबीच भएको सहकार्यअन्तर्गत सुरुमा एक सय वटा बसमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो। नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख आर्या जोशी, प्राइम कमर्सियल बैंकका सहायक महा प्रबन्धक सुरेशमान सिंह र कम्पनीका अध्यक्ष योगेन्द्र केसीले संयुक्त रुपमा क्यूआर कोडको शुभारम्भ गरे।

नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख आर्या जोशीले यातायात क्षेत्र डिजिटल बैंकिङ सेवा जोडिनु सकरात्मक पक्ष रहेको बताइन्। डिजिटल बैंकिङ सेवा सेवालाई प्रभावकारी बनाउने उद्धेश्यका साथ पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँग सहकार्य गर्दै अघि बढाएको प्राइमक मर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेशमान सिंहले बताए।

पृथ्वीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले कम्पनीअन्तर्गत १ हजार ४ सयभन्दा बढी बस सञ्चालनमा रहेको बताए। ‘हाम्रो कम्पनीले अहिले १४ सय बढी बसबाट सेवा दिइरहेका छौं, सबै बसमा क्यूआर कोड जोड्ने छौं,’ केसीले भने, ‘अहिले एक सय वटा बसमा मात्रै क्यूआर कोड जोडेका छौंं, केही दिनमा सबै बसमा यो सेवा विस्तार हुन्छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->