बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लेउवा संघमा चुनावी सरगर्मी : एसोसियट सदस्यमा प्रेमप्रसाद निर्विरोध

लेउवा संघमा चुनावी सरगर्मी : एसोसियट सदस्यमा प्रेमप्रसाद निर्विरोध


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८०, आइतबार

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघको भदौ २२ र २३ गते हुने १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । वर्तमान अध्यक्ष छत्रधर आत्रेयको उत्तराधिकारी चयनको लागि शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका थियो । कार्यतालिकामा भन्दा पनि सर्वसम्मत नेतृत्वको पहल हुन्छ कि हुँदैन र उद्योगी/व्यवसायीहरु राजनीतिक रुपले विभाजित हुन्छन् कि हुँदैनन् ? भन्नेमा धेरैको चासो थियो ।

सामूहिक भावनाको वकालत गर्ने लेखनाथ उद्योग वाणिज्य संघको मनोनयन दर्तामा भने सामूहिक भावनाभन्दा पनि राजनीतिक दलको छायाँ देखियो । मनोनयन दर्ताको बेला व्यवसायीहरु प्रष्ट रुपले दुई कित्तामा विभाजित बने । वर्तमान वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिँदा उनलाई टक्कर दिन भरतकुमार अधिकारी मैदानमा उत्रिए । उनी यसअघिका अध्यक्षमै ५८ मतले पराजित भएका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझालाई ऋषिराम जमरकट्टेलले चुनौती दिएका छन् । प्रथम उपाध्यक्ष पदको लागि गोपीचन्द्र बास्तोला र उपेन्द्र सुवेदी‘राजु’ले उम्मेदवारी दर्ता गराएका छन् भने द्धितीय उपाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य विक्रम कर्माचार्य तथा यसअघि उपमहासचिवमा प्रतिस्पर्धा गरेकी मेनका श्रेष्ठ मैदानमा उत्रिने भएका छन् ।

महासचिवमा वर्तमान उपमहासचिव जानुका पराजुली अधिकारी र जीवन तिवारी,उपमहासचिवमा भरतराज ओझा र भीमबहादुर सार्की‘माइला’बीच प्रतिस्पर्धा हुने देखिएको छ । कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई र पुष्पमणि सुवेदीले उम्मेदारी दिँदा २ महिला सदस्यको लागि ४ जना मैदानमा छन् । जमुना गिरी,प्रतिभा रानाभाट,प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जराले सो पदमा मनोनयन दर्ता गराएका हुन् । एसोसियटमा भने प्रेमप्रसाद शर्मा निर्विरोध बनेका छन् । एक सिटमा उनको मात्र उम्मेदवारी परेको हो । उनी निजी विद्यालय संचालक हुन् ।

संस्थागतमा विजय गुरुङ र कुलबहादुर रानाभाट मैदानमा देखिएका छन् भने कार्यसमितिका ८ खुला सदस्यको लागि अर्जुंन भण्डारी,भविन्द्र पुन,भरत थापा,भुवानीप्रसाद पौडेल,विजय न्यौपाने,विन्दुचन्द्र बराल,वीरेन्द्र बानियाँ,वीरेन्द्रराज भुर्तेल,गंगाकुमारी मल्ल,हरि बस्ताकोटी,खेमराज बराल,कृष्णप्रसाद सुवेदी, लक्ष्मीप्रसाद ढुंगाना,राजन कल्याण बडगामी,सूर्यप्रसाद ढुंगाना र टीकाराम सापकोटा मैदानमा छन् । लेखनाथ उवा संघमा एक हजार आठ सय ६६ सदस्य मतदाता छन् । उम्मेदवारी दिएकाहरुले १२ गतेको २ः३० बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन अन्तिम नामावली प्रकाशन हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->