बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कावासोतीमा ट्रक पल्टिँदा १८ वटा भैंसी र पाडा मरे

कावासोतीमा ट्रक पल्टिँदा १८ वटा भैंसी र पाडा मरे


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८०, मंगलबार

नवलपुर / महेन्द्रराजमार्ग अन्तर्गत कावासोतीको चालिस किलोमा ट्रक पल्टिँदा १८ वटा भैंसी र पाडा मरेका छन् । कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक आज बिहान ३ बजे पल्टिएको प्रहरीले जनाएको छ ।

भैंसी र पाडा लोड गरी ल्याएको ट्रक पल्टिएको हो । प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार ३६ वटा भैंसी र पाडामध्ये १८ वटा मरेका हुन् । मरेका चौपाया गाड्न खाडल खल्न थालिको छ । कपिलवस्तुको बहादुरगन्जबाट ती चौपाया काठमाडौं मासुका लागि लैजाँदै गरिएको थियो ।

हरेक दिनजसो ट्रकमा मासुका लागि काठमाडौं राँगा र भैंसी लैजाने गरिन्छ । मासुका लागि भैंसी लैजान नपाइने भएपनि पशु क्वारेन्टाइन कार्यालयको सेटिङमा लगिँदै आइएको छ । काठमाडौंसम्म लैजाँदा राजमार्गमा चेकिङका लागि बस्ने प्रहरीले अवैध भैंसी ल्याइएको भन्दै दैनिक नगद असुल्ने गरेको व्यसायी बताउँछन् ।

कपिलवस्तुको बहादुरगन्ज, रुपन्देही र पश्चिम नवलपरासीको चौपत्ता बजारबाट हरेक दिन मासुका लागि चौपाया काठमाडौं लगिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->