बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

इन्धनको भाउ बढ्यो, ग्यासमा प्रतिसिलिन्डर २३५ वृद्धि

इन्धनको भाउ बढ्यो, ग्यासमा प्रतिसिलिन्डर २३५ वृद्धि


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८०, बिहिबार

पोखरा / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।
खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ ।

यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो । यसअघि पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेल प्रतिलिटर १७० पुगेको छ । पेट्रोल १७८ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो । वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->