बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्ला साहित्य प्रतिष्ठानले भजन चुड्का गर्ने

शुक्ला साहित्य प्रतिष्ठानले भजन चुड्का गर्ने


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८०, बिहिबार

पोखरा/ पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुल्ला कृष्ण भजन चुड्का प्रतियोगिता गर्ने भएको छ । विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वर्ष कोभिड महामारीका कारण हुन सकेको थिएन् । यस वर्षदेखि पुन संचालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले बताए ।

आगामी भाद्र २० गते वाटुलेचौर मैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगिता सम्पन्न गर्न प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी वस्नेतको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । हरि वहादुर वरुवालको संयोजकमा कार्य सम्पादन समिति र विभिन्न १० वटा उपसमिति गठन भएका छन । आर्थिक उपसमिति संयोजकमा कुल व. खत्री, कार्यालय व्यवस्थापनमा दिपेन्द्र वाँनिया, अनुगमनमा ईन्दु भट्टराई, मञ्च व्यवस्थापन तथा सजावटमा मोहन कुमार सुनार, स्वयंसेवक परिचालनमा संजय वस्नेत, अतिथि स्वागत तथा सत्कारमा गीता भट्टराइ भण्डारी , प्रचार प्रसारमा संजय थापा, प्राथामिक उपचारमा दुर्गा केसी थापा, खाजा व्यवस्थापनमा रुपा केसी र भजन टोली समन्वय उपसमितिमा हरि वहादुर वरुवाल संयोजक रहेका छन् । गठित मुल समिति र विभिन्न उपसमितिले कार्यक्रमलाई व्यवस्थित गर्न आन्तरिक तयारी शुरु गरेको सचिव दिपेन्द्र वाँनियाले बताए ।

भगवान श्रीकृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई वचाई राख्ने उद्ेश्यले प्रतियोगितालाई निरन्तरता दिईएको संयोजक दुर्गा वस्नेतले वताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने वताईएको छ । सो रकमका लागी विभिन्न संघ संस्थासँग समन्वय गरिएको र आर्थिक संकलन कार्यलाई तिव्रता दिईएको आथिर्क उपसमिति संयोजकमा कुल व. खत्रीले जानकारी दिनुभयो । वि.सं २०४५ सालमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->