बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चार दिनपछि खुल्यो बेनी-जोमसोम सडक

चार दिनपछि खुल्यो बेनी-जोमसोम सडक

गलेश्वर-घाँसासम्मको ३८ किलोमिटर खण्डमा राति सवारी चलाउन रोक


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८०, बुधबार

म्याग्दी / बेनी-जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका-२ बैंसरीमा खसेको पहिरोले चार दिनदेखि अवरुद्ध यातायात बुधबार दिउँसो साढे १ बजेबाट सञ्चालन भएको छ ।

सडकको पश्चिम भीरको डिलभन्दा माथिल्लो क्षेत्रमा चलेको पहिरोबाट निरन्तर लेदोसहित ढुंगामाटो तल सडकमा खस्ने र थुप्रो लाग्ने गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी मदन कुँवरका अनुसार प्रहरी, सशस्त्र, सेना र यातायाच मजदुरहरु जुटेर एक्स्काभेटरले सडकमा थुप्रिएको पहिरो पन्छ्याएर यातायात सञ्चालन गरिएको हो ।

यातायात खुलेसँगै चार दिनदेखि सडकमा अलपत्र परेका भारतिय पर्यटकसमेत यात्रु आ(आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

गलेश्वर-घाँसासम्मको ३८ किलोमिटर खण्डमा राति सवारी चलाउन रोक

बेनी-जोमसोम सडकको गलेश्वर-घाँसासम्मको ३८ किलोमिटर खण्डमा राति सवारी चलाउन रोक लगाएको छ ।

यो खण्डको अधिकांश क्षेत्रमा माथिबाट पहिरो खस्ने जोखिम रहेकोले यात्रुको सुरक्षाका लागि राति यातायात चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->