बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङमा परम्परागत ‘तायाः मचा’ नाच देखाईयो

बागलुङमा परम्परागत ‘तायाः मचा’ नाच देखाईयो


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८०, शनिबार

बागलुङ/ बागलुङमा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सुरु भएको छ । शुक्रबारदेखि बागलुङका नेवार समुदायले गाईजात्रा मनाउन सुरु गरेका हुन् ।

एक वर्षअघि दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै बागलुङमा गाईजात्रा मनाईएको हो । नेवार समुदायले मनाउने गरेको गाईजात्रा पर्वलाई आफ्ना परिवारमा मृत्यु भएको सदस्यको सम्झनामा तायाः मचा बनाएर नगर परिक्रमा गरिएको छ ।

यसवर्ष सदरमुकाम बागलुङ बजारका नेवार समुदायका परिवारमा मृत्यु भएका १३ जनाको तायाः मचा बनाइएको नेपाल भाषा मंका खल बागलुङका सदस्य जयराम भारीले जानकारी दिए । नेवार समुदायले मनाउने गाईजात्रा मृत्यु संस्कारसँग सम्बन्धित पर्व हो । गाईजात्रा दिनभर बागलुङ बजार परिक्रमा गरिएको थियो ।

नेवार समुदायमा कसैको मृत्यु भएपछि मृतकलाई मरेपिपलहुँदै दाहसंस्कारको लागि निरेघाटमा लैजाने हुँदा बिहान निकाल्ने ताया मचालाई मरेपिपलसम्म लगेर मृतकको आत्मालाई देखाएर फर्काएकापछि मात्र मृतकको आत्माले शान्ती पाउने भन्ने भनाई छ ।

बजारको नारायणचोकबाट सुरु भई मरेपिपल परिक्रमा गरी पुनः नारायणचोकमा गएर गाईजात्राको समापन गरिएको थियो ।
मृत्युलाई स्वभाविक र शास्वत सत्यका रुपमा आत्मसाथ गर्दै मृतात्माको पुरानो आख्यानअनुसार नेपाल संवत् ५७५ मा राजा प्रताप मल्लका कान्छा छोरा राजकुमार चक्रवतिन्द्र मल्लको शितला रोगका कारण मृत्यु भएपछि राजकुमारको मृत्युमा भावविव्हल रानी राजमतीलाई कसैले पनि शान्त राख्न नसकेपछि राजा प्रताप मल्लले जसको घरमा वर्षभरी आफन्तको मृत्यु भएको छ, उसको नाममा झाँकीसहित गाईजात्रा निकाल्न उर्दी गरेअनुसार गाईजात्रा पर्व मनाउन सुुरु गरिएको मान्यता छ ।

राजा मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आदेश दिएपछि यो पर्व सुरु भएको ऐतिहासिक तथ्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->