बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुजलको डिलाइट डेरी ह्वाइटनर पोखरामा पनि

सुजलको डिलाइट डेरी ह्वाइटनर पोखरामा पनि


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८०, शनिबार

पोखरा/ सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्पादन डिलाइट डेरी ह्वाइटनर बजारमा ल्याएको छ । नेपालीको जनजिब्रोले यसलाई पाउडर दूध भन्छन् । डिलाइट डेरी ह्वाइटनर देशका विभिन्न ठाउँबाट संकलित उच्चकोटीको दूधलाई आधुनिक मेसिन प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ ।

डिलाइट डेरी ह्वाइटनरले चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउने बताउँदै कम्पनीले भनेको छ,‘ अन्य डेरी ह्वाइटनरको तुलनामा यो बाक्लो हुनुका साथै अत्याधुनिक अल्ट्राड्राइङ स्प्रे प्रविधिबाट तयार गरिएकालेसमान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै घुल्ने खालको छ ।’ बजारमा ल्याइएको डिलाइट डेरी ह्वाइटनर १२ महिनासम्म ढुक्कले प्रयोग गर्न सकिने पनि कम्पनीको भनाइ छ ।

सुजल डेरी अत्याधुनिक मेसिन र प्रविधि युक्त नेपालको निजि क्षेत्रकै नम्वर एक डेरी कम्पनी हो । आइएसओ २२००० :२०१८ प्राप्त सुजल डेरीले दैनिक २ लाख लिटर दूध प्रशोधन गर्छ । देशका प्रमुख सहरहरुमा डिलाइट उपलब्ध भएको पनि कम्पनीको भनाइ छ । पोखरामा भने सुजलले ‘अब हरेक दिन डिलाइटफूल’ भन्ने नारासहित डिलाइट उपलब्ध गराएको छ । बजारमा उपलब्ध ८ सय ग्राम डिलाइटको मूल्य ९ सय र ४ सय ग्रामको ४७० रुपैयाँ कायम गरिएको छ । नेपालको अग्रणी कन्फेक्सनरी तथा खाद्य कम्पनी सुजल फुड्स प्रालि लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो । सुजल फुड्स प्रालिको चोकोफन, रसिलो, फ्रेसोजस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरु उपभोक्तामाझ लोकप्रिय छन्

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->