बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सिटिजन लाइफको घातक रोग वापतको भुक्तानी

सिटिजन लाइफको घातक रोग वापतको भुक्तानी


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८०, शुक्रबार

बागलुङ/सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले घातक रोगबापत १४ लाख ४३ हजार २०५ रुपैयाँ बीमितलाई हस्तान्तरण गरेको हो ।

गत सोमबार कम्पनीले बीमितले बागलुङ नगरपालिका–२ मा पुगेर चेक हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिका–२ निवासी मना शर्माले २०७७ भाद्र महिनामा सिटिजन लाइफको बागलुङ शाखाबाट बीमा शुल्क १ लाख ४ हजार १ सय ३५ रुपैयाँ प्रथम वर्ष बुझाउने गरि १५ लाखको सिटिजन वार्षिक अग्रीम भुक्तानी योजना बीमा खरिद गरेकी थिईन् ।
बीमा गरेको करिब ३ बर्षको अवधिमा नै प्राणघातक क्यान्सर रोग भएकोले बीमित शर्मालाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो ।

उक्त कार्यक्रममा बागलुङ एरियाको क्षेत्रीय शाखा प्रवन्धक दीपेन्द्र शर्मा लम्सालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागि नभई २० घातक रोगहरुको लागि बिना बिलनै ५० लाख सम्मको उपचार खर्च दिने र नेपालमै पहिलो पटक सेवा दिनेगरी धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

बीमित शर्माले बिना बिल भरपाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै सहयोग र हौसला प्राप्त भएको बताएका थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->