बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

खोलाले जीप बगाउँदा बेपत्ता तीनमध्ये एक जनाको शव फेला

खोलाले जीप बगाउँदा बेपत्ता तीनमध्ये एक जनाको शव फेला


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८०, शनिबार

पर्वत / पर्वतको तमादी खोलाले जीप बगाउँदा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ । शनिवार साँझ बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८को सिमामा पर्ने तमादी खोलाले बगाउँदा जीपमा सवार तीन जना यात्रु बेपत्ता भएका थिए।

तती मध्ये दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घट्ना स्थलदेखि करिब ३ सय मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ ।

जीपमा सवार मध्ये रुपन्देही घर भएका गोपालप्रसाद बस्यालको  शव फेला परेको हो । बस्याल तिलोत्तमा नगरपालिका वडा नम्बर ९ निवासी हुन् ।

उनको पारिवारिक श्रोतसंग सम्पर्क गर्ने प्रयास भइरहेको छ । थप २ जनाको पहिचान हुन बाँकी छ । गाडी पार्ट पूर्जा फुटेको अवस्थामा घट्ना स्थलदेखि केही तल भेटिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->