बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, ५० करोड पठाउने गरे घोषणा

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, ५० करोड पठाउने गरे घोषणा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८०, बुधबार

पोखरा/  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रियामा सहभागी हुन उनी बुधबार मुस्ताङ पुगेका हुन् ।

कार्यक्रममा वोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु संरक्षण वापत् नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैंया मुस्ताङमा पठाउने घोषणा गरे । प्रधानमन्त्री प्रचण्डले आफूले यसवारेमा अन्तर्राष्ट्रिय मञ्चहरूमा गम्भीर रूपमा कुरा राखेको जानकारी पनि दिए ।

हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको उनले बताए । ‘पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्रमा यसको गम्भीर असर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें । मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु’ उनले भने ।

हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित नरहने उनले बताए । ‘जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो’ प्रधानमन्त्रीले भने, ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ। विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत् हामीले अनुदान पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->