बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतको अर्मादीमा भएको सडक दुर्घटनामा दुई जना घाइते

पर्वतको अर्मादीमा भएको सडक दुर्घटनामा दुई जना घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८०, बिहिबार

पर्वत/ मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार बिहीबार बिहान करिब पौने नौ बजेको समयमा छमर्केको घुम्तीमा दुई सवारी ठोक्किएका हुन् । अञ्जिता कृषि तथा पशुपक्षी फार्मको कुखुरा बोक्न प्रयोग हुँदै आएको ध १ च ४० नम्बरको जिप र पर्वतकै महाशिला गाउँपालिका–३ बालाकोटका ३० वर्षीय सुरज पौडेलले चलाएको मोटरसाइकल ठोक्किएका हुन् ।

मोटरसाइकल चालक पौडेलको घुँडा र अनुहारमा चोट लागेको छ भने मोटरसाइकलको पछाडि बसेकी उनकी श्रीमती ३० बर्सिया सरिता चापागाईँको घुँडा र टाउकोमा चोट लागेको छ । उनीहरूकी छोरी चार बर्सिया समिरालाई भने चोट लागेको छैन ।

पर्वतका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त बास्तोलाका अनुसार सुरजको उपचार पर्वत अस्पतालमा नै भइरहेको छ भने श्रीमती सरितालाई गम्भीर चोट लागेकाले थप उपचारको लागि पोखरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->