शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ललितकला र गण्डकी प्रज्ञा प्रतिष्ठानविच सहकार्य

ललितकला र गण्डकी प्रज्ञा प्रतिष्ठानविच सहकार्य


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८०, शनिबार

पोखरा/ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठान सहकार्यको लागि तयार भएका छन् । यी दुई संस्थाले आइन्दा चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, शिल्पकला, वास्तुकला र अन्य सिर्जनात्मक कलासमेत समेटी मुलुकभर ती कला विधाहरुको विकास र प्रवद्र्धन गर्नेछन् ।

शुक्रबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली र गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनले विगतमा ललितकला क्षेत्र पछाडि परे पनि यसको छुट्टै विभागको रुपमा ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना भएपछि यो क्षेत्रमा आवद्ध कलाकारलाई केही सहजता भएको बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले केन्द्रमा मात्र बढी चलायमान भएको ललितकलालाई विकेन्द्रित गर्दै सातै प्रदेशमा लैजाने योजना अनुसार गण्डकी प्रज्ञा प्रतिष्ठानसँग समझदारी गरिएको बताए ।
गण्डकी–प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले सम्झौता सँगै गण्डकी प्रदेशको ललितकला क्षेत्रमा नयाँ रौनकता थपिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->