शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०८०, शुक्रबार

पोखरा/ कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका–७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका ४ वर्षका छोरा रियान्स कालीगण्डकी नदीमा खसेका थिए । छोरा बचाउन नदीमा हामफालेकी रीतु गम्भीर घाइते भएकी थिइन् । प्रहरीले कालीगण्डकी नदीबाट आमाछोराको जीवितै उद्दार गरेको थियो ।

त्यसपछि उपचारका लागि मिर्मिको कालीगण्डकी अस्पताल पठाइएको थियो । तर डाक्टरले रीतुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह थापाले जानकारी दिए । बालक रियान्सलाई भने थप उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->