बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रेरक प्रसंग : भालुले सुनाएको गोप्य सन्देश

प्रेरक प्रसंग : भालुले सुनाएको गोप्य सन्देश


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८०, बिहिबार

विजय र राजु सानैदेखिका साथी थिए । एउटै गाउँका हुनाले उनीहरू साथसाथै हुर्किए । उनीहरू सँगसँगै स्कुल जान्थे । राजु विजयलाई निकै माया पनि गर्थे । विजयको एउटा गोडामा पोलियो भएको थियो । उनी गोडा खोच्याएर हिँड्थे ।

दुवै साथी एक दिन बिदामा जंगलको बाटो हुँदै कतै जाँदै थिए । जाँदाजाँदै उनीहरूले टाढाबाट एउटा अजंगको भालु आफूहरूतिरै आइरहेको देखे । आफूहरूतिर आइरहेको भालु देख्दा स्वाभाविक रूपमा उनीहरू दुवै डराए । भालु झन्झन् नजिक आइसकेपछि रूख चढ्न सिपालु राजु हत्तपत्त नजिकैको रूखमा चढे । उनले आफ्ना साथीबारे रत्तिभर चिन्ता लिएनन् । विनोद आफ्नो कमजोर खुट्टाकै कारण रूख चढ्न सक्दैनथे । उनलाई आफ्नो मृत्यु नजिक–नजिक आइरहेको भान भयो ।

विजयले एकछिन ठन्डा दिमागले सोचे । उनले कतै सुनेका थिए, कुनै पनि जनावरले लासलाई आक्रमण गर्दैन । त्यसैले उनी भुइँमा लम्पसार परेर सुते र शान्त भई सास रोके । भालुले उनको नाकनजिकै आएर सुँघ्यो । सास रोकेका उनलाई मरेको ठान्यो र कुनै हानि नपुर्‍याई आफ्नो बाटो लाग्यो ।

भालु त्यहाँबाट टाढा पुगिसकेपछि राजु हतार–हतार रूखबाट ओर्लिए र विजय भएको ठाउँमा पुगे । डरले निलोकालो भएको अनुहार लिएर उनले विजयलाई प्रश्न गरे– ‘भालुले तिमीलाई केही त गरेन नि ? अनि, तिम्रो काननिर आएर भालुले केही भन्दै थियोजस्तो लागेको थियो । भालुले तिम्रो कानमा भन्यौ चैँ के मित्र ?’

राजुको प्रश्न सुनिसकेपछि विजय एकछिन मौन रहे । केही बेरको मौनतापछि गम्भीर हुँदै उनले भने– ‘खासै त्यस्तो त केही भनेन । तर, तिमीलाई देखाउँदै भन्यो, यस्ता निर्दयी स्वार्थी साथीबाट अलि टाढै बस्नू ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->