बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनी-जोमसोम सडकमा मोटरसाईकल दुर्घटना: जर्मन पर्यटकको मृत्यु

बेनी-जोमसोम सडकमा मोटरसाईकल दुर्घटना: जर्मन पर्यटकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८०, शुक्रबार

म्याग्दी/ बेनीहुँदै जोमसोमतर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड बी को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।

बेनी-जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो ।

उद्धारमा संलग्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङका अनुसार चालक सडकदेखि अन्दाजी ६० मिटर तल भीरमा अल्झेका थिए । उद्धारकर्मीले फेला पार्दा म्याट्रेडको मृत्यु भैसकेको उनले बताए ।

बिहिबार साँझ ७ बजे तिर भएको दुर्घटनामा मृत्यु भएका म्याट्रेड विको शव राती २ बजे बेनी अस्पतालमा ल्याईएको थियो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाईकल राईडरहरु बिहीबार पोखराबाट बेनीहुँदै मुक्तिनाथ यात्रामा हिडेका थिए ।

चालक मृतक जर्मन नागरिकका अन्य साथीहरु मुस्ताङको लेते पुगेको र शुक्रवार विहान बेनी अस्पतालमा आएका थिए ।

दुर्घटनामा उद्धार गर्न मुस्ताङबाट आएको सेना, बेनीबाट गएको प्रहरी तथा सशस्त्र र बाग्लुङबाट विपद उद्धार टोली परिचालन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->