शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङको थोरङलापासबाट विदेशी नागरिकको उद्धार

मुस्ताङको थोरङलापासबाट विदेशी नागरिकको उद्धार


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८०, आइतबार

मुस्ताङ / अन्नपूर्ण चर्कीय पदमार्ग पार गर्ने क्रममा मनाङबाट थोरङ्पास हुँदै मुस्ताङतर्फ आउँदै गर्दा विरामी भएका विदेशी नागरिकलाई मुस्ताङ प्रहरीले आइतबार उद्धार गरेको छ।

अन्नपूर्ण पदमार्गको ट्रेकिङ ट्रेल गर्दै आइरहेको अवस्थामा ४८ वर्षीय नागरिक लरेन्स चन्चोय मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-२ थोरङलापास हाइक्याम्पमा विरामी भएका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय मुक्तिनाथको प्रहरी टोलीले उद्धार गरेको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए। उनी अत्यधिक चिसोका कारण अशक्त भई बिरामी परेका थिए।

मुस्ताङको थोरङ्पास हाइक्याम्पमा विदेशी नागरिक अशक्त भई बिरामी परेको सूचना पाएपछि प्रहरी टोली करिब दुई घण्टा पैदल हिँडेर दिउँसो ४ बजे उक्त बिरामी भएको स्थानमा पुगेर उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->