पर्वत / पर्वतको महाशिला गाउँपालिका ६ स्थित फलामखानी आधारभूत विद्यालयका ६५ जना विधार्थीलाई न्यानो कपडा तथा स्टेसनरी वितरण गरिएको छ ।
फ्लोरिङ फर्निसिङ संघ कास्की, लायन्स क्लब अफ फ्लोरिङ फर्निसिङ र लायन्स क्लब अफ प्रोफेसनलको संयुक्त आयोजनामा विधार्थीलाई स्टेसनरी तथा न्यानो कपडा वितरण गरिएको हो ।
उक्त कार्यक्रममा महाशिला गाउँपालिका अध्यक्ष ईश्वरी प्रसाद भुसाल, लायन रहमोहन सुवेदी, लायन शुशिल पौडेल, ६ का वडा अध्यक्ष गोविन्द विक , विद्यालयका प्रधानाध्यापक सरस्वती केसी, वडा ६ का वडा सदस्य तिलक अधिकारी लगायतको सहभागिता रहेको थियो ।
राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य लायन गोविन्द शर्माले राखेका थिए भने, कार्यक्रम संचालन होमबहादुर अधिकारीले गरेका थिए । फर्निसिङ व्यावसायी तथा लायन सदस्यहरु गरि पोखराबाट ३२ जनाको टोली गएको थियो ।





