बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेपालको अस्तित्व संकटमा पर्न दिनु हुँदैन: अध्यक्ष ओली

नेपालको अस्तित्व संकटमा पर्न दिनु हुँदैन: अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८०, बिहिबार

पर्वत / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारको कुनै काम नरहेको टिप्पणी गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट( चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’ का क्रममा बिहिवार पर्वतको कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार काम बिगार्ने खालको मात्रै भएको बताए।

‘देशमा एउटा सरकार त छ। सरकार छ तर काम लाग्ने छैन । काम बिगार्ने छ’, ओलीले भने, ‘उत्तरबाट बाटो खोल्यौ। प्रयोग गर्ने आँट गर्दैन। हामी नक्सा छाप्यौँ। कार्यान्वयन गर्न सक्दैन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश जाने बाटो दिए लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन दिने सहमति गरेको गम्भीर आरोप समेत ओलीले लगाए ।

‘बङ्गलादेश जाने बाटो दिए जमिन छोड्छौँ भन्छन्। लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो। बङ्गलादेश जाने बाटो पाइसकेका छौँझ उहाँले भन्नुभयो, ञबंगलादेश जाने बाटो पाए कालापानी, लिम्पियाधुरा सम्झौता गरेर छोड्दिन सक्छौं भन्ने हिम्मत कहाँबाट आयो ? त्यो अधिकार कसले दियो ?’

‘सरकारले सहयोग लिने आँट नगरेको अध्यक्ष ओलीको भनाई छ। एउटासँग लिन्छ। अर्कोले दिन्छु भन्छ, सहयोग लिन आँट गर्न सक्दैन’,  उनले भने, ‘रकम दिन्छु भन्छ, ५७ अर्ब दिन्छु भनेको छ। चीन जाँदा व्यापारिक कम्पनीसँग घुमेर आए। सरकारबाट छुट्टी लिएर व्यापारिक कम्पनीसँग मिलेर बसे। त्यसपछि ३५ क्विन्टल सुन नेपाल आयो। त्यसपछि एक क्विन्टल आयो।’

भूकम्पपीडितको पक्षमा सरकारले काम गर्न नसकेको अध्यक्ष ओलीले आरोप लगाए । उनले भने, ‘सरकार किन चाहियो रु जाजरकोट र रुकुम पश्चिममा जनताका पिडा हेर्न सक्दैन, सुन्दैन। अस्थायी आवास बनाएको, दिएको छैन। हामीले खटाएका स्वयंसेवकले ८२३ घर बनाइदिँदा सरकार पैसा जम्मा गरेर बसेको छ। काम तपाईँहरू गर्नुस्, रकम सरकारले दिन्छ भन्न पनि सक्दैन। हामीले ५०२ वटा घरबाट भग्नावशेष झिकिदिएका छौँ ।’

अध्यक्ष ओलीले नेपाल असफल राष्ट्र घोषित हुन लागेको बताए । ‘नेपालको अस्तित्व संकटमा पर्न दिनु हुँदैन। यो देशमा नेकपा एमाले छ, यस्ता चिज हुन दिनु हुँदैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->