बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लैंगिक हिंसाबारे सडक नाटक प्रदर्शन

लैंगिक हिंसाबारे सडक नाटक प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८०, सोमबार

बागलुङ/लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार काठेखोला गाउँपालिकाले विद्यालय स्तरीय सडक नाकटक प्रतियोगिता सम्पन्न गरेको छ । नाटक मार्फत विद्यार्थि र समुदायस्तरमा सचेतना अभिबृद्धिका लागि विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता आयोजना गरिएको हो ।

गाउँपालिकाका ८ विद्यालयको सहभागिता रहेको प्रतियोगितमा गुराँस बोर्डिङ स्कुल बिहुँ प्रथम भएको छ । सम्पन्न परिवारभित्र हुने हिंसाको बिषयबस्तुमा नाटक प्रस्तुत गरेको बिद्यालयले शिक्षित समुदायमा समेत हिंसाका घटना हुने गरेको सन्देश नाटक प्रमार्फत प्रस्तुत गरेको थियो ।

प्रतियोगितामा भिमसेन माध्यमिक बिद्यालय बिहुँ दोस्रो, धारा माध्यमिक विद्यालय तंग्राम तेस्रो र अमर माध्यमिक विद्यालय सन्त्वना भए । प्रतियोगितामा विद्यार्थी कलाकारहरुले हिंसाका बिभिन्न घटनाको काल्पनीक परिदृष्य प्रस्तुत गरेका थिए ।

प्रतियोगिता तथा अभियानको समापन गर्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले लैंगिक हिंसा समाजको कलंकको रुपमा रहेको बताए । उनले गाउँपालिकाभित्र हुने हिंसाका घटनामा सुन्य सहनशिलता अपनाउने प्रतिबद्धता थापाले जनाए । गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले गाउँपालिकाले सञ्चालन गर्ने हरेक अभियान नागरिक मैत्री बनाईने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा अध्यक्ष प्रेम लामिछाने, समाजसेवी ज्ञानु श्रीस शर्मा, बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा, धारा माविकी प्रधानाध्यापक कमला थापा लगायतले बोलेका थिए । स्थानीय महिला समन्वय समितिका संयोजक सुन्तली बिकको अध्यक्षता, स्थानीय दलित महिला समन्वय समितिका संयोजक पूर्णमायाँ बिकको स्वागत र सामाविक विकास शाखा प्रमुख रश्मी गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->