बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वर्गीय क्षेत्रीका परिवारलाई सम्पर्क समाजको सहयोग

स्वर्गीय क्षेत्रीका परिवारलाई सम्पर्क समाजको सहयोग


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८०, शनिबार

पोखरा /आफ्नै साथीको छुरा प्रहारबाट विदेशी भूमीमा मृत्युवरण गर्न पुगेका पर्वतको कुश्मा नगरपालिका- १३ खौलालाँकुरीका युवा धनबहादुर क्षेत्रीको परिवारलाई खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराले आर्थिक सहयोग गरेको छ ।

बैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका ३६ वर्षीय क्षेत्रीको गत मंसिर ७ मा उपचारका क्रममा मृत्यु भएको थियो । आफ्नै साथीको छुरा प्रहारबाट गम्भीर घाइते क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको थियो ।

सम्पर्क समाजले विभिन्न व्यक्तिहरुबाट संकलन गरेको ६६ हजार रुपैयाँ स्वर्गीय क्षेत्रीको घरमै पुगेर बाबु शेरबहादुर र श्रीमती सरस्वती क्षेत्रीलाई हस्तान्तरण गरेको समाजका सचीव लालप्रसाद शर्माले बताए ।

उक्त अवसरमा समाजका सचीव शर्माले क्षेत्रीको मृत्युले समाज स्तब्ध भएको बताए । गाउँले एउटा होनहार युवा गुमाएको भन्दै उनले शोकलाइ शक्तीमा बदल्न शोकाकुल परिवारजनमा आग्रह गरे ।

शर्माले क्षेत्रीको मृत्युले सम्पुर्ण वडाबाशी मर्माहत भएको उल्लेख गर्दै सम्पर्क समाज लगाएत विभिन्न संघसंस्था र ब्यक्ती बिशेशले सहयोग गरेर दुखमा हामी छौ भन्ने सन्देश प्रवाह गरेको बताए ।

समाजका उपाध्यक्ष शिवलाल बिश्वकर्मा र निवर्तमान अध्यक्ष धर्मबहादुर केसीले शोकको यस घडीमा हामी र सम्पर्क समाज साथमा रहेको उल्लेख गरे । खौलालांकुरी पोखरा सम्पर्क समाज कुश्मा नगरपालिका वडा नं १३ खौलालांकुरी स्थाइ घर भै हाल पोखरामा स्थायी वा अस्थायी बसोबास गर्नेहरुको संस्था हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->