पोखरा / खौलालाँकुरी पोखरा सम्पर्क समाजको अध्यक्षमा पिताम्बर पौडेल चयन भएका छन । समाजको शनिवार सम्पन्न पाँचौ वार्षीक साधारण सभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष लालप्रसाद शर्मा, उपाध्यक्ष चन्द्रबहादुुर खत्री, सचिव प्रेम सुवेदी, सहसचिव गंगाकुमारी कार्की र कोषाध्यक्षमा कल्पनाकुमारी पौडेल चुनिए । यसैगरी सदस्यहरुमा सरस्वती गोतामे सुवेदी, कुमार सुनार, भूपेन्द्र शर्मा, लिलबहादुर कुँवर, अमृतप्रसाद सुवेदी, अशोक कार्की, सरस्वती परियार, प्रदीप चालिसे र अनिल सुवेदी रहेका छन । समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीबाट पोखरा आइ स्थायी वा अस्थायी बसोबास गर्नेहरुको संस्था हो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले सामाजिक संस्थामा राजनीति गर्न नहुने बताइन । उनले यस्ता प्रकारका विशुद्ध सामाजिक संघसंस्थामा राजनीति घुसेमा संस्थै रहने भन्दै बाहिर फरकफरक बिचार र आस्था राख्नेहरु भए पनि संस्थामा राजनीति नगर्न आग्रह गरिन । समाजसंग हातेमालो गर्दै अघि बढ्ने र आवस्यक सहयोग पनि गर्ने प्रतिवद्धता उनको थियो ।
विशेष अतिथि कुनपा–१३ का वडाध्यक्ष तेजप्रसाद शर्माले जनप्रतिनिधि विवादित हुने भए पनि सकेसम्म कम बिवादित हुनेगरी काम गरीरहेको बताए । उनले समाजमा आवद्ध व्यक्तिले जन्मथलोको बिकासमा पनि सहयोग पुराउन अनुरोध गरे ।
उद्घाटन कार्यक्रममा कुश्मा नगर कार्यपालिका सदस्य बिन्दुकुमारी पौडेल, समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्री, उपाध्यक्ष शिवलाल विश्वकर्मा, सल्लाहकार खड्कबहादुर पौडेल क्षेत्री, पूर्व सल्लाहकार हर्कबहादुर कार्की क्षेत्री, थापाठाना पोखरा सम्पर्क समाजका अध्यक्ष तुलसीप्रसाद शर्मा, बिचारी चौतारा पोखरा बिकास समाजका अध्यक्ष उमाकान्त पौडेल, कार्कीनेटा पोखरा सम्पर्क समाजका अध्यक्ष केशव घिमिरे, पर्वत ठूलीपोखरी पोखरा सम्पर्क समाजका कार्यवाहक अध्यक्ष शिवप्रसाद लामिछानेले शुभकामना मन्तव्य दिएका थिए ।
उक्त अवसरमा ८० वर्ष उमेर पार गर्नुभएका पण्डीत हरिप्रसाद तिमिल्सिना र करवीर कुँवरलाई ज्येष्ठ नागरिकको रुपमा सम्मान गरिएको थियो । साथै समाजलाई आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्था र खौलालाँकुरीमा जन्मिएर सरकारी तथा गैरसकारी क्षेत्रको उच्च ओहोदामा पुग्नुभएका र उच्च शिक्षा हासिल गर्न सफल हुनुभएका महानुभावहरुलाई पनि सम्मान गरिएको थियो ।





