शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

श्रीलंका आर्मीले एपिएफलाई हरायो

श्रीलंका आर्मीले एपिएफलाई हरायो


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८०, मंगलबार

पोखरा / पोखरामा जारी टाइगरकप भलिबलको पुरुषतर्फको समूह ‘बी’ को खेलमा श्रीलंका आर्मी टिमले विभागीय क्लब एपिएफलाई ३–१ को सेटमा हराउन सफल भएको छ ।

टाइगर ग्ुपअफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो संस्करणको प्रतियोगितामा एक सेट हारेको श्रीलंका आर्मीले खेलमा फर्कदै जित हासिल गरेको हो ।

पहिलो सेटमा २३–२५ को हार व्यहोरेको श्रीलंका आर्मी खेलमा फर्कदै लगातार ३ सेट आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २५–१९ ले जितेको श्रीलंका आर्मीले तेस्रो सेटमा २५–२१ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको हो ।

(तस्वीर ः वसन्त शेर्पा)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->