सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टाइगरकप भलिबल :  हेल्प नेपालले आर्मीलाई हरायो

टाइगरकप भलिबल :  हेल्प नेपालले आर्मीलाई हरायो


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८०, मंगलबार

पोखरा /  पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी समूह ए तर्फको खेलमा हेल्प नेपालले आर्मीलाई सहजै हराउन सफल भएको हो ।

हेल्प नेपालले पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट समेत हेल्प नेपालले २५-२० ले आफ्नै पोल्टामा पार्‍यो । तेस्रो सेटमा भने हेल्प नेपाल २३-२५ मा रोकियो । चौथो सेट २५-२० ले हराउदै हेल्प नेपालले जित हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->