सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टाइगरकप भलिबल : एपीएफ सेमिफाइनलमा गण्डकी बाहिरियो

टाइगरकप भलिबल : एपीएफ सेमिफाइनलमा गण्डकी बाहिरियो


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०८०, बुधबार

पोखरा/ विभागीय क्लब एपीएफको महिला टोली टाइगरकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी चौथो संस्करणको प्रतियोगिताको समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै कुल पाचँ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो ।

बुधबार भएको एकपक्षीय खेलमा एपीएफले पहिलो सेट २५-१६ ले जित्यो ।  दोस्रो सेटमा २५-९ को जित हासिल गर्‍यो । तेस्रो सेटमा २५-१७ को जित हासिल गर्‍यो ।

समूह ए बाट पुलिस उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ । पुलिसको कुल चार अंक रह्यो भने गण्डकी अंक बिहिन हुँदै बाहिरियो ।

समूह बि तर्फ अब चन्द्रागिरी न्यु डायमण्ड र हरियाणा टिम भारत बिच खेल हुदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->