मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मुस्ताङको तल्लो क्षेत्रमा हिमपात, तापक्रम माइनस १० डिग्री

मुस्ताङको तल्लो क्षेत्रमा हिमपात, तापक्रम माइनस १० डिग्री


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०८०, शुक्रबार

मुस्ताङ / हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्रमा शुक्रबार दिउँसोदेखि हिमपात भइरहेको छ। जिल्लाको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ।

यहाँ सिजनको दोस्रो पटक हिमपात हुँदा उपल्लो मुस्ताङमा भने हिमपात भएको छैन। हिमपात भएसँगै चिसो अत्यधिक बढेको छ। उपल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १० डिग्रीसम्म तापक्रम झरेको छ।

मुस्ताङमा चिसो बढेसँगै मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरिसकेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->