शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

साहित्यकार सरुभक्तलाई ५१ हजारको भीमदर्शन मुक्तक पुरस्कार

साहित्यकार सरुभक्तलाई ५१ हजारको भीमदर्शन मुक्तक पुरस्कार


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८०, शनिबार

पोखरा / नेपाल मुक्तक प्रतिष्ठान, काठमाडाैंले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको भीमदर्शन मुक्तक पुरस्कार प्रदान गरेकाे छ।

यस्तै २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको आरब्धलाई ३१ हजार रुपैयाँसहित कृष्ण-रत्न- चेतन मुक्तक पुरस्कार प्रदान गरिएकाे थियाे।

दुवै पुरस्कारहरू कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गरेका थिए। यी पुरस्कारहरू नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापना गरिएका पुरस्कारहरू हुन्।

सोही अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली साहित्यका विशिष्ट स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति शीतको रुनझुन को पनि लोकार्पण गरिएकाे थियाे।

प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काइँला, अध्यक्ष कोने, समालोचक श्रीओम श्रेष्ठ रोदन, विमल भौकाजी, ज्ञानु पाण्डे, पुरस्कृत स्रष्टा अनुराधा ढकाल, रमेन्द्र शमशेर थापा, वियोगी बुढाथोकी, दिव्य गिरी लगायतले आआफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा मुक्तककारहरू दिनेश शर्मा , सुनिल अधिकारी, राजेन्द्र घिमिरे सागर, मदन नेपाल, निर्मलरमण पराजुली लगायतले आआफ्नो शुभकामना मन्तव्य तथा मुक्तक वाचन गरेका थिए।

प्रतिष्ठानका महासचिव यादव भट्टराईले संचालन गरेकाे कार्यक्रममा अमेरिकाबाट आएका स्रष्टाहरू  शेखर ढुङेल, सुन्दर जोशी, नेत्र बन्धु पोख्रेल, किस्मत भण्डारी समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->