बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङको कोरला नाका १५ दिन बन्द हुने

मुस्ताङको कोरला नाका १५ दिन बन्द हुने


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०८०, बिहिबार

मुस्ताङ / मुस्ताङको लोमन्थाङ गाउँपालिका-१ छोसेर स्थित कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ । लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सो नाका बिहीबारदेखि १५ दिनसम्म बन्द रहने जानकारी गराएको हो ।

सो नाकाबाट सीमावर्ती उपल्लो मुस्ताङ्गका नागरिकले व्यापारिक सुविधा लिँदै आएका छन् । छिमेकी मुलुक चीनतर्फ नयाँ वर्षसहितका चाडपर्व सुरु भएकाले अस्थायीरुपमा कोरला नाका बन्द गरिएको जनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तिब्बतमा चाडपर्व परेको र बाक्लो हिउँसमेत परेका कारण कोरला नाकाबाट व्यापारिक कारोबार नभएको बताए ।

‘अन्तर्राष्ट्रिय नाका औपचारिकरुपमा बन्द हुने कुरा भएन । उता (तिब्बतमा) चाडपर्व परेको र अफसिजन परेका कारणका कोरला नाकाबाट व्यापारिक कारोबार पनि रोकिएको हो,’ उनले भने, ‘त्यही सूचनाका आधारमा गाउँपालिकाले बिदा भनेर सूचित गरेको होला । उपल्लो भेगका मुस्ताङ्गी पनि जाडो छल्न बेँशी झरेका छन्, त्यसकारण तत्काल लोमान्थाङ नपुग्दा नै राम्रो हुन्छ ।’

नेपाल-चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकाको गत कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

त्यसयता कोरला नाकाबाट उपल्लो मुस्ताङका लोमान्थाङ र लो-घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचय पत्रका आधारमा तिब्बततर्फ ३० किलोमिटर परसम्मका बजारमा जान/आउन र सामान किनबेच गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->