बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘बुद्ध मार्गदर्शक हुन्, भगवान् होइनन्’

‘बुद्ध मार्गदर्शक हुन्, भगवान् होइनन्’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०८०, आइतबार

पोखरा / बुद्ध : भगवान् कि दार्शनिक ? यो प्रश्नको उत्तरसँग व्यक्तिको आस्था र विश्वास जोडिएको हुन्छ ।

‘बुद्धकालीन समाज’ पुस्तकका लेखक उमाकान्त पौड्याल बुद्ध भगवान् नभइ मार्गदर्शक भएको बताउँछन् । ‘बुद्ध तपाईं हामीलाई सही बाटो देखाउने मार्गदर्शक हुन् । बुद्धले पाली भाषामा आफूलाई कल्याण मित्र भनेका छन् । अर्थात् राम्रो गर्ने मित्र भन्ने हो,’ उनले भने, ‘बुद्ध भगवान् होइनन् यद्यपि लोक व्यवहारमा भगवान् भनिएको छ ।’

बुद्धलाई दार्शनिक भन्न मिल्नेमा भने पौड्याल सहमत देखिए । बुद्धको दर्शन जीवनलाई लिएर व्याख्या भएकाले दार्शनिक भन्न मिल्ने उनको तर्क छ ।

भिक्षु धज्जवन्तो पनि बुद्धलाई भगवान् नै मान्ने विषयमा सहमत देखिएनन् । बुद्धलाई भगवान्भन्दा पनि विभिन्न मोह त्यागेको व्यक्तिको रूपमा बुझ्दा राम्रो हुने उनको भनाइ थियो । ‘हामी नेपालमा बसेर भगवान् भन्ने गर्छौं । भगवान् भन्ने शब्द बुद्धसँग जोड्दा बुद्धको ओहदालाई निकै तल झारिरहेका हुन्छौं । उहाँलाई राग, द्वेष, मोहबाट मुक्त व्यक्ति भनेर बुझ्दा राम्रो हुन्छ,’ धज्जवन्तोले भने ।

छलफलमा बुद्ध महिलाद्वेषी भए-नभएको विषय पनि उठ्यो । दुवै वक्ता बुद्धलाई महिला द्वेषी भन्न नमिल्नेमा एकठाउँ देखिए । भिक्षु धज्जवन्तोले बुद्ध क्रान्तिकारी विचारधारा भएको व्यक्ति भएको र महिलाको उत्थानबारे सोच्ने गरेको जिकिर गरे ।

बुद्धलाई किन महिलाद्वेषी भनियो त ? लेखक पौडेलले बुद्धबारे पुस्तान्तरण हुँदा महिला द्वेषी मानिसकता भएका व्यक्तिले त्यसलाई प्रचलनमा ल्याएको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->