पोखरा/ ११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ उपन्यासबारे चर्चा भएको छ । फेस्टिभलका लागि पोखरा आइपुगेकी पुस्तक लेखिका जेनिस प्यारियट ले पुस्तक लेखनले जीवनमा परिवर्तन ल्याउने सुनाइन् ।
‘पुस्तक लेख्दा कसैको जीवन परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता छ किनभने लेख्न थालेको बेलामा तपाई जस्तो हुनुहुन्थ्यो त्यो व्यक्ति होइन,’ प्यारियटले भनिन् ।
उनको पुस्तक एभ्रिथिङ द लाइट टचेज वर्गीयकरण, उपनिवेशवाद, उत्तर–औपनिवेशिकता, जस्ता विषयवस्तुहरू खोतल्ने उपन्यासको रूपमा चिनिन्छ । यसले प्रकृति र विज्ञान विषयमा गहिरो तथ्य देखाउँछ । जून समकालीन समाजको लागि महत्त्वपूर्ण सान्दर्भिकता राख्छ ।
सत्रमा छलफलका क्रममा, प्यारियटले उपन्यासको दुई पात्रहरू, गेर्टा र शाइले संसारलाई हेर्ने दृष्टिकोणलाई कसरी फरक पार्छन् भनेर प्रकाश पारिन् ।





