पोखरा / गजल सन्ध्या पोखराको अध्यक्षमा गजलकार मन क्षेत्री चयन भएका छन् । शनिबार भएको १३ औं अधिवेशनबाट तथा १८ औं साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा कपिल शर्मा, सचिवमा उदीपराज ढुंगाना, कोषाध्यक्षमा विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी चयन भएका छन् । कार्यसमिति सदस्यमा शोभा लामिछाने, माधव खतिवडा, सागर अधिकारी, लक्ष्मण तिमिल्सिना, करण कपुर खनाल चुनिएका छन् ।





