पोखरा / साहित्यकार नीता गुरुङ भाटियालाई पोखरामा सम्मान गरिएको छ । आसाम भारतको माउ संस्था आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अखिल नेपाल सांस्कृतिक संघ भारत असम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटियालाई पोखरामा सङ्घर्षमा कलमले सम्मान गरेको हो ।
सोही समारोहबीच उनको मुक्तकसङ्ग्रह मुटुदेखि मुटुसम्म लोकार्पण तथा स्रष्टा साक्षात्कार समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त तथा क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा विजय पंडित, गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खडका बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. दिलबहादुर क्षत्री, शिक्षासेवी शेरबहादुर गुरुङ, समाजसेवी क्या. एलपी गुरुङ, जनकविकेशरी धर्मराज सावित्री प्रतिष्ठानका अध्यक्ष मदनराज थापालगायतले सम्मान अर्पणसहित कृतिको लोकार्पण तथा गरे ।
स्रष्टा नीता गुरुङ भाटियाले नेपाल भारत साहित्य महोत्सव नै आफ्ना लागि पोखरामा कृति लोकार्पण र सम्मान ग्रहणको सुनौलो अवसर बनेको बताइन् ।





