पोखरा / ‘युद्धको बेला वीरगति प्राप्त गरेको खबरले परिवारलाई गौरव महसुस गराउँदैन । चिठीका प्रत्येक शब्द गोलीसमान हुने रहेछ’ चित्रकार झविन्द्र गुरुङले यो भनाइसहित पोखरामा भएको प्रादेशिक ललितकला प्रदर्शनीमा खाममा गोलीलाई राखेर रातो डोरीले बाधेको स्ष्ट देखिन्छ । झट्ट हेर्दा त्यो गोली किन राखिएको होला भन्ने लाग्छ । प्रष्ट पार्न त्यहाँ उनले कागजै टाँसेका छन् । पढेपछि प्रष्ट हुन्छ- एउटा पत्रले गोलीले भन्दा बढी लाग्छ ।
चित्र र कार्टुन यस्तो कला हो जसले धेरै कुरा बोल्द छ । एउटा तस्वीरले हजार शब्द बोल्छ भनेझैं चित्र र कार्टुनले पनि हजारौं शब्द बोल्दछ । पोखरा ९ नयाँबजारमा कला प्रदर्शनी भएको थियो । त्यही प्रदर्शनीमा एउटा कार्टुन थियो । जसमा एक व्यक्ति हातलमा हरियो रंग लिदै हिडेको हुन्छ, घरहरुमा हरियो रंग लगाइएको हुन्छ र रुखहरु काटिएको हुन्छ, छेउमा एउटा कुकुरले सोचेको हुन्छ ग्रीन सिटी’ । यो कार्टुनले पोखराका मेयरप्रति व्यङ्ग्य गरेको थियो । केही समयअघि पोखरालाई हरित शहर बनाउने भन्दै समाचार व्यापक भएको थियो । त्यतिबेला घरमा हरियो रंग लगाउने भन्ने कुरा फैलिएको थियो र आलोचना खेप्न परेको थियो मेयर धनराज आचार्यले ।
अर्को कुरा पोखरा महेन्द्रपुलमा रहेको पुस्तकालय र आर्ट ग्यालरी भत्काएर झण्डा पार्क बनाइएको छ । कार्टुनले मेयर धनराज आचार्यको दिमाग ततायो । कार्यक्रममा पुगेका उनी एकाएक आयोजकमाथि खनिँदै अन्तिममा भने,‘आज यो भव्य कार्यक्रम भएको छ र यति बोल्ने मुडमा थिइन्, बोल्न आएकै होइन । यहाँ शुभकामना दिने÷हेर्ने भनेर आएको । त्यो पेन्टिङ हेरौ भनेर आएको । कहाँ रहेछ त्यो ? सबै कलर हरियो बनाउने भन्ने त्यो पेन्टिङ चाँहि मूल्य तिरेर लान्छु । मूल्य बतायदिनुहोला, कति हो ? त्धनराज आचार्य पर्सनल्ली किन्छ ।’ त्यो पेन्टिङ म किनेर लान्छु ।’
आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आर्ट ग्यालरी र ग्रीन सिटीको बारेमा फैलिएको भ्रमको अन्त्य गर्नका लागि त्यो कार्टुन त्यहाँ राखेका थिए । कलाकार जीत गुरुङले बनाएको त्यो कार्टुनले मेयर आचार्यलाई गोलीले भन्दा बढी लाग्यो । आयोजकले भ्रम चिर्न राखेको त्यो कार्टुनका कारण मेयरले रिसमात्र देखाएनन् त्यहाँ भएका चित्रहरु नहेरी बाहिरिए ।
उनले आफू मेयर भएपछि सबैभन्दा बढी खेदो खनेको विषय आर्ट ग्यालरी रहेको बताए । महानगरले आर्ट ग्यालरीलाई पोखराको पृथ्वीचोकमा लैजाने गरी गरेको छलफललाई वेवास्ता गर्दै नकरात्मक तरिकाले आफूमाथि सुनियोजित आक्रमण भएको जिकिर गरे ।
‘आर्ट ग्यालरी भाडामा लिएर आफै आफैं मिलेर बनाएका छौं । त्यसलाई व्यस्थित गर्न ठाउँमा पटकपटक छलफल गरेर ठाउँपनि हामीले नै खोजेर भाडा नतिर्ने राज्यको तर्फबाट १० करोड खर्च गरेर ठाउँ खाजेर समय लाग्यो । नीतिगत कुरा मिलाएर पोखरा भवन ९ करोड २५ लाखको लागतमा भवन बनाउँदैछ । २७ गते शिलान्यास गर्नेछौंँ,’ उनले भने, ‘सायद म मेयर भएपछि सबैभन्दा बढी खेदेको विषय, पछिलाएर खेदेको विषय यही छ । ग्यालरी र लाइब्रेरी भत्काएर त्यहाँ भएको घरमा अर्को कसैले २० वर्षदेखि लुटेर खाएको जग्गा फिर्ता ल्याएको भनेर भनेको खोइ ? त्यो भनेको भए हुन्थ्यो नि ।’
प्रमुख अतिथि बोलाएर प्रश्न सोधको पहिलोपटक देखेको भन्दै उनी कड्किँदै आफू लोभ नगर्ने र कसैसँग नडराउने सुनाए । ‘आजको प्रोग्रामको सेडुल देख्दा खेरी चाँहि प्रमुख अतिथि बोलाएर प्रश्न सोधाउने भन्ने । इट इज फस्ट टाइम, पहिलोचोटी देखेको छु । कि त सामान्य बहसको कार्यक्रम राख्नुपर्छ । धनराज आचार्य प्रश्नको जवाफ ? मसँग लोभ छैन । डर छैन् । दोहो¥याएर भन्छु–लोभ पनि छैन, डर पनि छैन् । मेरो आलोचना गर्न छाड्नुस् । प्रस्ताव लिएर आउनूस्, मिलेर काम गरौँ ।’





