आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

समता काव्य सन्ध्याको ३६७ औं शृङ्खला

समता काव्य सन्ध्याको ३६७ औं शृङ्खला


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०८०, आइतबार

पोखरा/पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३६७ औं शृङ्खला पोखरामा सम्पन्न भयो ।
काव्य सन्ध्यामा परिवारकीआजीवन सदस्य कार्यक्रमका अतिथिकवि केशु शर्माले ‘पचासको दशकमा आँफुले समता पहिलो पटक कविता वाचन गरेको अनुवभ सुनाइन् । समतामा कविता वाचन गर्दा गर्दै अहिले आँफु संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहेको बताइन् ।’ र यस्को श्रेय पोयुसांपलाई जानेछ भन्दै खुलेरै प्रशंशा गरिन् ।
काव्य सन्ध्याको ३६७ औँ शृङ्खलामा कविहरूरुपिन्द्र प्रभावी, रीता अधिकारी, प्रान्जल, कौशलचन्द्र जी.सी., अव्यग्र अस्मित, वसन्त चालीसे, गीता तिवारी,रोशन तिमिल्सिना, माधव खतिवडा, चन्द्रावती वाग्ल, ढाकामोहन बराल, जमुना कायस्थ, सुजन राना, अभिषेक बिष्ट, नूतन तिमल्सेना लगाएतले आआफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।वि.सं. २०५० वैशाखदेखि नियमित रूपमा कविता सुन्ने र सुनाउने मञ्चका रूपमा समता काव्य सन्ध्या परिचित छ ।
परिवारका उपाध्यक्ष रीता अधिकारी ‘ऋत’को सभापतित्तवमा सम्पन्न उक्त कार्यक्रम सन्चालन निवर्तमान अध्यक्ष मोती भुजेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->