पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै महत्वपूर्ण सुझाब समेत दिएका छन् ।
छलफल कार्यक्रममा बोल्दै सहारा क्लबका मानार्थ सदस्य एवं खेलकुदकर्मी तथा समाजसेवी महेश गुरुङले निरन्तर रुपमा आयोजना भैरहेको यो कार्यक्रमलाई भव्य बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सहारा क्लबका मानार्थ सदस्य एवं खेलकुदकर्मी ताथ समाजसेवी लोकबहादुर गुरुङले अवार्ड कार्यक्रमको रौनकता बेग्लै हुने गरेको बताए ।
राम बजार सोसाइटी युकेका पूर्वअध्यक्ष एवं पूर्वराष्ट्रिय फुटबल खेलाडी रुपक गुरुङले कार्यक्रमको महत्वका कारण धेरैं व्यक्ति तथा संस्थाले सहयोग गर्न खोज्ने भएकोले त्यसलाई ध्यान दिँदै क्रियाशिलता बढाउन मञ्चलाई सुझाब दिए ।
सहारा युकेका अध्यक्ष भोजबहादुर गुरुङले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताए । तमुधि युकेका सल्लाहकार एवं घोताने समाज युकेका संस्थापक अध्यक्ष तथा दुर्लुङ समाज युकेका संस्थापक अध्यक्ष समेत रहेका नरजंग गुरुङलेसमेत अवार्ड कार्यक्रमलाई सफल बनाउन सघाउने प्रतिवद्धता जनाए । सहारा क्लब पोखराका सचिव टंक पौडेलले क्लबले अवार्ड कार्यक्रममा आवश्यक सहयोग गर्ने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा, खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार सुदर्शन रञ्जित, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल र सचिव शशीकुमार पौडेलले समेत अवार्ड कार्यक्रमको तयारी लगायतका विषयमा बोलेका थिए ।
मञ्चले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्दैछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए ।





