बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत उद्योग वाणिज्यमा सहमतीमा अध्यक्ष बने ठाकुर बि.

पर्वत उद्योग वाणिज्यमा सहमतीमा अध्यक्ष बने ठाकुर बि.


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८०, आइतबार

पर्वत/ विगतमा दलगत प्रतिस्पर्धाका आधारमा निर्वाचन नै भएको पर्वत उद्योग वाणिज्य सङ्घमा यस पटक भने सर्व सहमतिमा नै नयाँ कार्यसमितिको टुङ्गो लागेको छ । सङ्घको १८ औँ अधिवेशन सुरु हुनै लाग्दा कार्यसमितिमा जान इच्छुकहरू सहित भएको छलफलबाट सहमतिमा नै २३ जना सदस्यहरूको टुङ्गो लागेको हो। जसमा अ ध्यक्षमा ठाकुर बि.पौडेल रहेका छन् भने महिला कार्यसमिति सदस्यहरुमा देवी अधिकारी र अनिता सापकोटा रहेका छन् ।

कार्यसमिति सदस्यमा कमलबहादुर जि.सी, रमेश शर्मा (लामिछाने), नारायण प्रसाद पौडेल, शेरबहादुर चोचाङ्गी, राजन गुरुङ, ढाकाराम सापकोटा, कमल शर्मा लामिछाने, मीनप्रसाद शर्मा, विश्वराज श्रेष्ठ, नारायण पौडेल, प्रदीप तिमिल्सिना, ज्ञानेन्द्रकुमार जोशी, गणेश लामिछाने, कुम बहादुर गर्बुजा, खड्गप्रसाद खनाल, भिमबहादुर नेपाली, विमल अधिकारी, कृष्णप्रसाद शर्मा, लक्षण शर्मा र शैलेन्द्रकुमार कर्माचार्य रहेका छन् ।

स्रोतका अनुसार अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष नेकपा (एमाले)ले, एक जना उपाध्यक्ष र कोषाध्यक्ष नेपाली काँग्रेसले, एक जना उपाध्यक्ष र महासचिव नेकपा (माओवादी केन्द्र) ले पाउने गरी सहमति भएको हो । उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष को को बन्ने भन्ने यकिन अहिले नै नभएको भए पनि आगामी बैठकहरूमा यसको टुङ्गो लाग्ने छ ।

निर्वाचन समितिले राखेको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुर बि. पौडेलले १५÷२० वर्षदेखि निर्वाचनमार्फत नेतृत्वको टुङ्गो लाग्दै आएकोमा यस पटक सहमतिमा नै कार्यसमिति बन्दा सबैमा राम्रो सन्देश प्रवाह भएको बताए । सहमतिमा नै कार्यसमितिको टुङ्गो लगाउन सहकार्य गरेका काँग्रेस, एमाले र माओवादीका जिल्ला स्थित नेतृत्वहरूलाई धन्यवाद दिँदै उनले व्यवसायीहरूले सटर बन्द गरेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सबैको ध्यान जानुपर्ने उल्लेख गरे ।

राज्यको नीति व्यवसायीमैत्री नभइरहेको अवस्थामा पर्वतमा भएको एकताले सरकारलाई दबाब दिनका लागि बल पुगेको भन्दै उनले विगतमा भएका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिने पनि बताए । आगामी तीन महिनाभित्रमा बृहत् भेलाको आयोजना गरेर आगामी तीन वर्षमा गर्ने कामहरूको बारेमा योजना बनाउने अध्यक्ष पौडेलको भनाइ छ ।

तीन बर्षे कार्य योजना उत्कृष्ट बन्न सकेमा निराश अवस्थामा रहेका व्यवसायीहरूमा थोरै भए पनि खुसी फर्किने उनले विश्वास व्यक्त गरे। उद्योगी र व्यवसायीहरू एक नभएसम्म समस्याको समाधान नहुने भएकोले सबैको सहकार्यमा सरोकारवाला निकायसँग सहकार्य गरेर समाधानका लागि एक भएर लाग्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->