शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दीगो सडकले सहज यात्रा

दीगो सडकले सहज यात्रा

नगरका १३ दिगो सडक स्तरोन्नति भइसक्दा जैमिनीका सबै वडामा बाह्रै महिना सवारीसाधन सहजै पुग्ने नगर उपप्रमुख हरिहर शर्मा बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०८०, शुक्रबार

स्थानीय तह गठनपछि बागलुङ दश पालिकामा बिभाजन भयो । साविकका ५९ गाउँविकास समिति र एक नगरपालिकाका वडासमेत गरेर ८५ वटा वडा तयार भए । जिल्लाको दक्षिण क्षेत्रका नौ गाउँ विकास समितिलाई दश वडामा रुपान्तरण गर्दा जैमिनी नगरको जन्म भएको हो । जैमिनी ऋषिको तपोभूमि साविकको कुश्मीशेरा गाउँविकास समितिको जैमिनीधाम क्षेत्रसमेत समावेश भएपछि नगरपालिकाको नाम नै जैमिनी राख्न सहज भयो ।

पालिकाको केन्द्र कुश्मीशेरा बजारमा एक मिटर कालोपत्रे सडकसमेत नभएका बेला नगर घोषणा गर्दा जैमिनीलाई नगरपालिकाका लागि आवश्यक मापदण्ड पूरा गर्नुपर्ने पहिलो चुनौती थियो । त्योबाहेक लामो समय जनप्रतिनिधिविहीन अवस्थामा रहेका जनचाहना र अपेक्षा कल्पनै गर्न नसकिने अवस्थामा थिए । कतिपय वडा सडक सञ्जालले जोडिएकै थिएनन् । स्थानीय तह गठनपछिको पहिलो कार्यकाल सडक नपुगेका वडाहरुमा सडक पु¥याउनमै बित्यो । गाविस हुने बेला सरकार र सर्वसाधारणले लगानी गरेर तयार गरेका स–साना सडकहरुको स्तरोन्नतिको काम त छँदै थियो ।

पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै वडा नं. ८ छिस्ती सडक सञ्जालले जोडिएको हो । कालिगण्डकी करिडोरले यो वडामा सडक सञ्जाल विस्तारका लागि सहज बनाएको थियो । पूर्वाधार विकासको पहिलो खुड्किला मानिएको सडक नपुगेकाले अन्य पूर्वाधारको विकासका लागि नगरसँग चुनौतीका चाङ थिए । अहिले जैमिनीका सबै गाउँ सडक सञ्जालले जोडिएका छन् । सबै वडा कार्यालयमा बाह्रै महिना सवारी चल्नेगरी सडक सञ्जाल बिस्तार भएको छ । तर, त्यो पर्याप्त छैनन् ।

पालिका मुकाम कुश्मीशेरा बजार जिल्ला सदरमुकाम बागलुङ बजारसँग कालोपत्रे सडकले जोडिएको छ । कुश्मीसेरादेखि वडाहरु जोड्ने सडकका नाकामा कालोपत्रे र ढलानका काम सुरु भएका छन् ।

नगरले सडक बिस्तारमा नयाँ रणनीति लागु गरेको छ । सडक सबैले बनाउँछन् । मेसिन लगाएर ट्रयाक खोलेपछि धेरैले सडकको वास्तै गदैनन् । हिउँदमा धुलो र वर्षामा हिलोले थिलाथिला परेका सडकमा कष्टले सवारी चलिरहेका हुन्छन् । तर, जैमिनीले सडक बनाउने मात्रै होईन बनेका सडकलाई टिकाउन प्रयत्न गरिरहेको छ । पहिलो कार्यकालमा सुरु भएको दीगो सडक कार्यक्रमलाई जैमिनीले नमुनाका रुपमा कार्यान्वयन गरिरहेको छ । दश वडा रहेको नगरमा १३ दीगो सडकका योजना छन् । यी सडक स्तरोन्नति भैसक्दा जैमिनीका सबै वडामा बाह्रै महिना सवारीसाधन सहजै पुग्ने नगर उपप्रमुख हरिहर शर्मा बताउँछन् ।

जैमिनी नगरपालिकाको वडा नं. १, ५, ६, ७ र ८ लाई छोएर राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर उत्तरबाट दक्षिण लाग्छ । वडा नं. १, २, ४, ९ र १० लाई छोएर बागलुङ शान्तिपुर कृषि सडक बनेको छ । यीनै दुईवटा मुख्य सडकलाई आधार बनाएर जैमिनीले हरेक वडा जोड्न दिगो सडक कार्यक्रम सञ्चालनमा ल्याएको हो । ‘दीगो सडक कार्यक्रम हरेक वडामा क्रमबद्ध रुपमा पक्कि सडक पु¥याउने लक्ष्यका साथ सञ्चालनमा ल्याईएको कार्यक्रम हो,’ शर्मा भन्छन् ‘हामीले गौरव गर्न सकिने गरी १३ सडक तयार गर्दैछौँ ।’ हरेक वर्ष दीगो सडकका लागि बजेट बिनियोजन हुने गरेको छ । पक्कि नाली तयार, ग्राभेल गर्ने, पर्खाल लगाउने र सडक टिकाउने काममा नगर लागेको छ । टुक्रे योजनामा गरेको लगानी खेर जाने भएकाले पनि दिगो सडक कार्यक्रम ल्याइएको शर्माको भनाई छ ।

दीगो सडकले सर्वसाधारणलाई आवतजावतमा सहज मात्रै होइन, कृषि उपजको बजारीकरण र पर्यटनमा समेत सहयोग गर्ने बुझाइ नगरको छ । हरेक दीगो सडकसँग नगर भित्रका कुनै न कुनै पर्यटकीय क्षेत्र जोडिएका छन् । ‘घुम्न आउनेहरुका सवारी सडककै कारण भनेको ठाउँमा पुग्दैनन्, हामीले दीगो सडक तयार गरे त्यो समस्या हट्छ,’ शर्मा भन्छन् ‘सरसरर्ती हेर्दा सडकमा लगानी भन्ने लाग्ला तर यो आर्थिक विकाससँग जोडिएको बिषय हो ।’ जैमिनीधाम, हाँडिकोट टापु, गाजाको दहजस्ता धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र जोड्न दीगो सडक प्रयोगमा आउने उनले बताए ।

बजारीकरण र पर्यटनमा सडकले राहत

भूगोलका हिसाबले दूरदराजमा रहेका गाउँमा उत्पादित कृषि उपज तथा पशुधनलाई बजार पु¥याउन अहिले पनि ढुवानीमा समस्या हुने गरेको छ । ठूला साधन नपुग्ने र साना सवारी तथा मानव श्रमशक्ति महंगो पर्ने भएकाले किसान निराश छन् । उत्पादनभन्दा ढुवानी लागतका कारण मर्कामा परेका किसानलाई दीगो सडकले सहयोग गर्ने उनले बताए ।

सडक सुधार्न साझेदारीका कार्यक्रम

जैमिनीले सडक सुधारकै लागि संघीय र प्रदेश सरकारसँग पनि सहकार्य गरिरहेको छ । संघीय र प्रदेश सरकारको समपुरक कार्यक्रममा साझेदारी गरेर चालु आर्थिक वर्षमा दुई ठूला सडकको काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेल बताउँछन् । ‘संघ र प्रदेश आफंैले कार्यान्वयन गर्ने कार्यक्रम पनि छन्, त्यो बाहेक हामीले ६०÷४० साझेदारीमा समपुरक कार्यक्रम कार्यान्वयन गरेका छौं,’ भुजेल भन्छन् ‘सडक सुधारमा जैमिनीले थालेको यो अर्को महत्वपूर्ण कदम हो ।’ चालु आर्थिक वर्षमा हाँडिकोट, थन्थापीमाई पुरानो गाउँ सडक स्तरोन्नती र ढलानका लागि संघीय सरकारको समपूरक कार्यक्रममा नगरले साझेदारी गरेको छ । यो सडक तयार हुँदा जैमिनीको पर्यटनमा महत्वपूर्ण योगदान गर्ने हाँडिकोट, थन्थापीमाई र पुरानो गाउँ पुग्न सहज हुने छ । यी तीनवटै ठाउँ धार्मिक तथा प्राकृतिक पर्यटनका हिसाबले प्रसिद्ध छन् । प्रचारप्रसारको अभाव र सहज सडक सञ्जालको अभावले यहाँ सोचेजस्तो पर्यटक पुर्याउन सकिएको छैन् । समपुरकको सडकले यी चुनौती चिर्नेमा नगरपालिका विश्वस्त छ ।

त्यस्तै वडा नं. ७ को बेलबगरदेखि वडा नं. ८ मा पर्ने पुरानो गाउँ जोड्ने सडक स्तरोन्नतीका लागि प्रदेश समपुरक कार्यक्रमसँग नगरले साझेदारी गरेको छ । यो सडक सुधार हुँदा वडा नं. ७ र ८ का कयौं गाउँहरु लाभान्वित हुन्छन् । बाँदरको समस्या समाधान गर्न परिकल्पना गरिएको बाँदर उद्यान पुरानो गाउँमा बनाउने प्रस्ताव गरिएको छ । महत्वकांक्षी योजना पुरा गर्नका लागि यो सडक कोषेढुंगा सावित हुनेछ ।

रिङरोड बनाउन ५ करोड

नगरका अधिकांश बस्ती जोड्ने गरी रिङरोडको तयारी थालिएको छ । नगर आँफैले यो परियोजना पुरा गर्न स्रोत साधनको अभाव थियो । चालु आर्थिक बर्षमा प्रदेशसँग मिलेर नगरले यो परियोजनाको काम थालेको छ । प्रदेश सरकारको ५ करोड अनुदानमा बहुवर्षे योजना सुरु भएको छ । कालिगण्डकी करिडोर र कृषि सडक कालोपत्रे भैसक्दा यी दुई सडकलाई आधार बनाएर गाउँ पुग्ने सडक पक्कि बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->