शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थोरै योजना, गुणस्तरीय सेवा

थोरै योजना, गुणस्तरीय सेवा

‘यातायात सहज हुँदा खाद्यान ल्याउन मात्र हैन, तरकारी बजार पठाउन पनि सहयोग मिलेको छ’ स्थानीय विष्णु सुनारले भनिन्, ‘गाउँको उत्पादनले बजार पाएको छ ।’


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८०, बुधबार
g/]7fF6L ahf/ 9f]/kf6g, @& kmfu'g M afun'ªsf] unsf]6 gu/kflnsf–@ l:yt g/]7fF6L ahf/ . /fli6«o uf}/jsf] cfof]hgf dWokxf8L nf]sdfu{ 5]pd} /x]sf] of] ahf/df la:t/} a:tL ljsf; x'g yfn]sf] 5 . tl:a/ M 8Dd/ a'9fdu/÷/f;;

कोरोना संकट अघि गलकोट नगरपालिका–२ को स्वास्थ्यचौकीबारे स्थानीयलाई खासै चासो थिएन । कोरोनाको बेला क्वारेन्टाइन र आइसोलेसन समेत बनाएर प्रभावकारी उपचार सेवा प्रवाहपछि आम नागरिकको विश्वास पलायो । त्यसपछि वडा अध्यक्ष हिमबहादुर भण्डारीले पनि यो स्वास्थ्यचौकीलाई स्वास्थ्य सेवा मात्र नभई ल्याब सहितको उपचार सेवा दिने, बर्थिङ सेन्टर बनाउने लगायतको काममा चासो बढाए । उक्त चासोले काममा मुर्तरुप लियो । अहिले भिडियो एक्सरे सेवा संचालनमा छ । नगरपालिकाको सहयोगमा जडान भएको भिडियो एक्सरेले दुर्घटनामा परेका बिरामीदेखि गर्भ परीक्षण समेत स्वास्थ्यचौकीमा संभव भयो । स्वास्थ्यचौकीमै पोषण केन्द्र बनेपछि बालबालिकामा हुने कुपोषण अन्त्य गर्न सहज भएको छ । त्यतिमात्र होइन भीमापोखरा युवा क्लब (बिवाईसी) र फेयरमेड फाउण्डेसनले १८ हजार लगानी गरेर सेमी अटो एनलाइजर मेसिन जडान गरिदिएको छ ।

स्वास्थ्यचौकीमा २ लाख ६० हजार रुपैयाँ लगानी गरेर अपांङ्गमैत्री शौचालय निर्माण गरिंदैछ । ‘एउटा स्वास्थ्यचौकी पुरा क्षमतामा चल्ने बनाउन प्रयास गरेका हौं’ वडाध्यक्ष भण्डारीले भने, ‘यो अभियानमा नगरपालिका र जिल्लाका अन्य संघसंस्थाले पनि साथ दिएका छन् ।’ स्वास्थ्यचौकीसँगै सुत्केरी कुरुवा घर पनि बनेको छ । संरचनात्मक सुधारमा नगर र वडाले यहाँ २० लाख लगानी गरेको छ । स्थानीय हर्कबहादुर कुँवरले पनि १ लाख २० हजार रुपैयाँका उपकरण खरिद गरिदिएपछि स्वास्थ्यचौकीमा सबैखाले सेवा संचालनमा छन् ।

नगरको अस्पताल मात्र हैन, सबै स्वास्थ्यचौकी पनि सक्षम बनाउने अभियानमा लगानी गरिएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । योजनाबद्द काम गर्दा सबै स्वास्थ्य संस्थाहरु नरेठाँटी र हटियाका जस्तै बन्ने उनले बताए । ‘नगर भित्रका ११ वटै वडाका सबै स्वास्थ्य संस्था समान र गुणस्तरीय सेवा दिने बनाउने हो’ गैरेले भने, ‘नगरको श्रोतले नपुगेपनि दाताको पनि खोजी गर्दैछौं ।’ देखिने गरी स्वास्थ्यमा सुधार गर्ने योजना उनले सुनाए ।
गलकोट नगरपालिका वडा नं. २ ले मध्यपहाडी लोकमार्गको बिकल्पको सडकमा पनि काम गरेको छ । ग्रामीण सडक मर्मत र पक्की पुल बनाएर मध्यपहाडी लोकमार्गको बिकल्पको रुपमा प्रयोग गर्ने बनाइएको हो । काठेखोलाको रगेनीदेखि तोरीखोलाहुँदै नरेठाँटी निस्कने सडक स्तरीय बनेको हो । यो सडक लोकमार्गभन्दा ७ किमी छोटो छ । ‘आन्तरिक श्रोतबाट गर्न सकिने काम सम्पन्न भएको छ, अब पक्की बनाउनु पर्छ भनेर पहल गरेका छौं’ स्थानीय भक्तबहादुर घर्तीमगरले भने, ‘वडा र नगरले पहल गर्दा छिट्टै यो सडक कालोपत्रे गर्न सकिन्छ ।’

वडाध्यक्ष भण्डारीले यो बिषयमा पहल भैरहेको बताए । नरेठाँटी बजार किनारमा रहेको चुक्तीखोलामा पक्की पुल पनि बनेको छ । यो पुलले मध्यपहाडी लोकमार्गसँग नरेठाँटी बजार, स्वास्थ्यचौकी, तोरीखोला होमस्टे र रगेनीहुँदै बिकल्पको बाटो यात्रा गर्न पनि सहज भएको हो । हिउँदमा त यो सडक ४० मिनेट छोटो भैसकेको छ ।

त्यस्तै, सबै बस्ती समेट्ने गरी तोरीखोलादेखि ठानाहुँदै वडा नं. ६ जोड्ने सडक निर्माणको काम पनि शुरु भएको छ । १२ लाख खर्चेर नरेठाँटीदेखि गौघाट जाने सडकको पक्की नाली, सडक ग्राभेल, राम्चेमा ग्याबिन जाली र ठानमा मेसिनरी पर्खाल बनाइसकिएको हो । बर्षात्मा जोखिम हुने क्षेत्र हेरेर ती खण्ड स्तरीय बनाइएको हो । यी दुइ सडकले तोरीखोलाको होमस्टे प्रवद्र्धनमा सहयोग पुग्ने अबस्था आएको स्थानीय बिष्णु सुनारले बताइन् । ‘यातायात सहज चल्दा खाद्यान ल्याउन मात्र हैन, किसानको तरकारी बजार पठाउन पनि सहयोग मिलेको छ’ सुनारले भनिन्, ‘गाउँको उत्पादनले बजार पाएको छ ।’ तोरीखोला र बयलीडाँडाका किसानले प्लाष्टिकका टनेलमा तरकारी फलाएर बेचेका छन् ।

शिक्षामा गुणस्तर दिन कक्षाकोठा सुधारमा ध्यान दिइएको छ । यहाँका ४ वटा बिद्यालयमा शैक्षिक सामाग्री व्यवस्थापन, बिज्ञान प्रयोगशाला, पुस्तकालय र बिद्यार्थीको बसाई व्यवस्थापनमा ७ लाख लगानी भएको हो । पैयुँडाँडा प्राबिलाई महेन्द्र माबिमा मर्ज गरिएको छ भने सितलपाटी आधारभूत बिद्यालयमा बिज्ञान प्रयोगशाला बनाइएको छ । महेन्द्र माबिमा कक्षाकोठा व्यवस्थापन, जीर्ण भवन ढलान गरिएको छ । रामकृष्ण प्राबिमा फर्निचरको व्यवस्थापन गरिएको हो । बालबालिका सहज बस्ने, पढ्ने व्यवस्थापनले गुणस्तर सुधारमा साथ मिल्ने उनले बताए ।

चुक्ती र गौंदीखोलाबाट बजार क्षेत्र बचाउन तटबन्धन गरिएको छ । नरेठाँटी बजार पुग्ने दुइवटा पक्की पुल बनेका छन् भने बजार भित्रको बाटो ढलान गरिएको छ । पुराना बजारको संरचना यथाबत राखेर सडक भने पक्की बनाइएको हो । खोलाबाट जोगाउन गरिएको तटबन्धनमा मात्रै गण्डकी प्रदेशको १५ लाखमा वडा र नगरको बजेट समेत २० लाख बढी खर्चेर बजार क्षेत्र सुरक्षित गरिएको हो ।

सबै वडाले पर्यटन र अन्य महत्वकांक्षी योजना संचालन गरेकोमा वडा नं. २ ले भने महत्वपूर्ण गन्तव्यमा साथ दिने नीति लिएको छ । ‘हाम्रोमा पर्यटन क्षेत्र नभएका होइनन्, तर महत्वपूर्ण गन्तव्यमा लगानी गरौं भनेर सहयोग गरेका छौं’ भण्डारीले भने, ‘टेउवा, कोतघर र घुम्टेमा लगानी गर्दा हाम्रो पनि साथ पुग्छ ।’ बरु सबै घरमा शुद्ध खानेपानी खुवाउने योजनामा गलकोटमै पहिलो वडा बनेको उनले बताए ।

गलकोट नगरपालिकाको आफ्नै सभाहल बनेको छ । यो वडा नं. २ को कार्यालय सँगै छ । नगरसभादेखि बिभिन्न महत्वपूर्ण कार्यक्रम यही गर्न सकिन्छ । यो भवन नगरस्तरीय गौरवको आयोजना समेत हो । गौरवको आयोजना बनाएपछि सबै विकास मेरोमा चाहिन्छ भन्ने होइन, आवस्यकता अनुसार बजेट बिनियोजन गर्नुपर्छ भन्ने सन्देश दिन पर्यटनका योजना अन्य वडामा लगानी गरिएको उनले सुनाए । बालमैत्री नगर भैसकेकोले हरेक सेवा प्रवाहलाई सोही प्रकारको बनाउने, कार्यालय व्यवस्थापन, समयमा काम सक्ने र फरफारक गर्ने तथा पारदर्शीता बनाउने काममा पनि पहल गरेको भण्डारीको दावी छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->