शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नगरको समग्र विकासलाई समानुपातिक बनाउने हाम्रो लक्ष्य

नगरको समग्र विकासलाई समानुपातिक बनाउने हाम्रो लक्ष्य


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८०, बुधबार

हिमबहादुर भण्डारी
वडा अध्यक्ष, वडा नं. २
संयोजक : सामाजिक बिकास समिति, गलकोट नगरपालिका

गलकोट नगरपालिका शुन्यबाट माथी उठेको नगर हो । छोटो समयमा यहाँ हामीले धेरै उपलब्धी गर्न सकेका छौं । त्यो गुणस्तरीय सेवामा बढी छ । शिक्षा, स्वास्थ्य र सेवा प्रवाहलाई चुस्त बनाउँदा नगरबासी भएको गर्व गर्ने अबसर पाइन्छ । त्यसमा हामीले चासो दिएका हौं । नगरको समग्र बिकासलाई समानुपातिक बनाउने लक्ष्यमा कार्यपालिका र नगरसभामा पनि सहजीकरण गरेका छौं । त्यसमा नगर प्रमुख र उपप्रमुखको महत्वपूर्ण सहयोग छ । अन्य वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले पनि साथ दिनुभएको छ । गलकोटको पहिचान दिन सकिने योजना के छन् भनेर धेरै पटक सल्लाह र छलफल भएको छ ।

गलकोट बहुमुखी क्याम्पसलाई प्राविधिक र आवस्यकता अनुसार संचालन गर्न आयोजित महायज्ञ सफल पार्नेदेखि पाण्डवखानी र रमुवासम्म स्वास्थ्य सेवाको गुणस्तरीयता दिन पनि नगरले अग्रसरता लिएको छ । रिघाको बौद्द बिहारमा पर्यटक आर्कषित गर्नेदेखि नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्ने, मध्यपहाडी लोकमार्गलाई स्तरीय बनाउन पहल गर्ने काम पनि नगरले गरेको छ ।

बजारमा बढ्दो सवारी चाप कम गर्न जिपपार्क निर्माण, एकतर्फी पार्क गरेर दुर्घटनाबाट जोगाउने, सबै सडक स्तरीय बनाउने काममा एकजुट भएका छौं । यो काम गर्दा नगरको सबै कुनामा बिकास पुग्नुपर्छ भन्ने सोचको बिकास भएको छ । दरमखोलाको संरक्षण अभियानमा पनि सबैको साथ र सहयोग जुटाएका छौं । सेवा प्रवाहमा नगरपालिकाले ८३ अंक पाएको छ, बढाएर ९० पु¥याउन पहल भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->