बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोर्चुगलमा हत्या गरिएका क्षेत्रीका छोराछोरीको पढाइका लागि अक्षय कोष

पोर्चुगलमा हत्या गरिएका क्षेत्रीका छोराछोरीको पढाइका लागि अक्षय कोष


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८०, बिहिबार

पर्वत/ आफ्नै साथीको छुरा प्रहारबाट विदेशी भूमीमा ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका-१३ खौलालाँकुरीका धनबहादुर क्षेत्रीका छोराछोरीको शिक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ । बैदेशिक रोजगारीकाक्रममा पोर्चुगल पुगेका ३६ वर्षीय क्षेत्रीको गत मंसिर ७ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

पर्वतकै फलेबास नगरपालिका–२ थापाठानाका स्वर्गीय रामदल भण्डारी र स्वर्गीय तुलसीबहादुर क्षेत्रीको स्मृतिमा उनिहरुको परिवारजनले ३ लाख २ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिदिएका हुन ।

घरको आर्थिक अवस्था कमजोर भएपछि बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका धनबहादुरको साथीको छुरा प्रहारबाट मृत्यु भएपछि क्षेत्रीको परिवार बिचल्लीमा परेको थियो । क्षेत्री परिवारको दयनीय अवस्था देखेपछि स्थानीय एवं खौलालाँकुरी माध्यामिक विद्यालयकी प्रधानाध्यापक मीनाकुमारी भण्डारीको पहलमा उनका माइती पक्षबाट कोषको स्थापना गरिएको हो ।

‘क्षेत्रीका छोराछोरीको शिक्षा दिक्षामा सहयोग पु¥याउन कोषको स्थापना गरिएको हो’ स्वर्गीय रामदल भण्डारीकी नातिनी मीनाले भनिन्, ‘पढाई सकिएपछि उक्त कोषको रकम क्षेत्रीकै परिवारलाई हस्तान्तरण गरिनेछ ।’ भण्डारीका परिवार अमेरिका र तुलसीबहादुर क्षेत्रीको परिवार बेलायत बस्दै आएका छन ।

भण्डारी, तुलसीबहादुर क्षेत्रीका छोरा यज्ञबहादुर क्षेत्री र वडाध्यक्ष तेजप्रसाद शर्माले गत आइतबार अक्षयकोषको उक्त रकमको चेक क्षेत्री परिवारलाई हस्तान्तरण गरेका थिए । सामाजिक भावनाले अप्ठेरामा परेकालाई सहयोग गरेको उक्त अवसरमा अक्षयकोषका दाताले बताए ।

मुक्तिनाथ बिकास बैंकको कार्कीनेटा शाखामा भण्डारी र स्वर्गीय धनबहादुर क्षेत्रीकी श्रीमती सरस्वती क्षेत्रीको संयुक्त खातामा उक्त अक्षय कोषको रकम राखिएको छ । पढाई सकिएपछि उक्त कोषको रकममा केही थपेर हस्तान्तरण गर्ने योजना रहेको भण्डारीले बताइन । क्षेत्रीका १८ वर्षीय जेठा छोरा कक्षा १२ मा पढ्छन । १३ वर्षीय माइला छोरा अव ८ कक्षामा र १० वर्षका कान्छो छोरा अव ६ कक्षामा पढ्नेछन ।

क्षेत्रीकी अढाई वर्षीया छोरी पनि छन । समस्यामा परेको क्षेत्री परिवारलाई अक्षयकोषले ठूलो राहत पुग्ने वडाध्यक्ष तेजप्रसाद शर्माले बताए । ‘यो एउटा पुण्य काम हो’ उनले भने, ‘यसअघि पनि विभिन्न संघसंस्था एवं व्यक्ति विशेषबाट स्वर्गीय क्षेत्रीको परिवारलाई सहयोग प्राप्त भएको छ ।’

यसैगरी अन्तराष्ट्रिय पर्वत समाजले पनि हालैमात्र स्वर्गीय क्षेत्रीको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले यसअघि पनि काजक्रिया खर्चस्वरुप ५० हजार रुपैयाँ सहयोग गरिसकेको थियो ।

अन्तराष्ट्रिय पर्वत समाजकी उपाध्यक्ष संगीता कार्की, सचिव सन्तोष पौडेल, नेपाल प्रतिनिधि मुना भुसाल र वडाध्यक्ष शर्माले उक्त रकम हस्तान्तरण गरेका थिए । यसअघि खौलालाँकुरी पोखरा सम्पर्क समाजलगायत विभिन्न संघसंस्था र व्यक्ति विशेषले स्वर्गीय क्षेत्रीको परिवारलई सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->