बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा सडक भासिदा यातायात अवरुद्ध

मुस्ताङमा सडक भासिदा यातायात अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८०, आइतबार

पोखरा/ हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोंग गाउँपालिका–४ मा आइतबार सडक भासिदा यातायात सेवा अवरुद्ध भएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनक पन्तका अनुसार कालीगण्डकी नदी किनारमा वाल लगाउनका लागि फाउन्डेशन खन्ने क्रममा बिहान १० बजे सडक भासिएको हो । ‘करीव २० मिटर जति सडक भासिएपछि यातायात अवरुद्ध भएको छ’ टेलिफोनमा उनले भने, ‘अहिले सडक बनाउने काम भइरहेको छ । छिटै यातायात सुचारु गर्ने योजनामा छौ ।’

सडक बिभागको डोजरको सहायताले सडक सुचारु गराउने पहल भईरहेको हो । सडक भासिएपछि दुवैतर्फ गरी सयौं सवारी साधन रोकिएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->